परराष्ट्रमन्त्री राणा र भारतीय प्रधानमन्त्री मोदीबीच शिष्टाचार भेट

हिमाल प्रेस ३ भदौ २०८१ २१:०७
22
SHARES
परराष्ट्रमन्त्री राणा र भारतीय प्रधानमन्त्री मोदीबीच शिष्टाचार भेट परराष्ट्रमन्त्री आरजु राणा देउवा गत साता नयाँदिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्दै। तस्बिर स्रोत : भारतीय परराष्ट्र मन्त्रालय

काठमाडौँ- परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेटवार्ता गरेकी छन्। सोमबार साँझ उनले नयाँ दिल्लीमा भेटवार्ता गरेकी हुन्।

भेटवार्ताका क्रममा नेपाल-भारत सम्बन्ध र यसको बहुआयामिक विविधताका विषयमा कुराकानी भएको परराष्ट्रमन्त्री राणाले सामाजिक सञ्जाल फेसबुकमार्फत् जानकारी दिएकी हुन्। ‘नेपालको परराष्ट्रमन्त्रीका रुपमा मेरो यो भ्रमण र उच्चस्तरीय भेटवार्ताबाट नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्ध थप उचाइमा पुग्ने अपेक्षा मैले गरेको छु,’ उनले लेखेकी छन्। यसअघि राणाले भारतीय समकक्षी एस जयशंकरबीच भेटवार्ता गरेकी थिइन्।

मन्त्री राणा भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा भारत भ्रमणका लागि आइतबार नयाँ दिल्ली गएकी हुन्। परराष्ट्रमन्त्री नियुक्त भएपछि उनको यो पहिलो विदेश भ्रमण हो।

आइतबार दिउँसो नयाँ दिल्ली पुगेकी राणालाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विदेश मन्त्रालयका सहसचिव अनुराग श्रीवास्तवले स्वागत गरेका थिए। मन्त्री राणाको भदौ ६ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।

प्रकाशित: ३ भदौ २०८१ २१:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast