लुम्बिनीका मुख्यमन्त्री आचार्यले विश्वासको मत लिँदै

हिमाल प्रेस ३ भदौ २०८१ १७:२७
8
SHARES
लुम्बिनीका मुख्यमन्त्री आचार्यले विश्वासको मत लिँदै चेतनारायण आचार्य

काठमाडौँ- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री आचार्यले मंगलबार विश्वासको मत लिन लागेका हुन्।

दिउँसो बोलाइएको प्रदेशससभा बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मतसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव दुर्लभ पुन मगरले जनाएका छन्। मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने तयारी गरेपछि नेपाली कांग्रेस, नेकपा एमाले र जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले पक्षमा मतदान गर्न ह्विप जारी गरेका छन्।

यस्तै जसपा नेपाल र लोसपाले पनि विश्वासको पक्षमा मतदान गर्ने निर्णय गरेको बताइएको छ।

आचार्य ७ साउनमा कांग्रेसका २७ र एमालेका २९ गरी ५६ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए। विश्वासको पक्षमा मतदान गर्ने निर्णय गरेको नागरिक उन्मुक्ति पार्टीका ४, जनमत पार्टीका ३, जसपा नेपालका १, लोसपाका ३ र जसपाका २ सांसद छन्। ८७ सदस्यीय प्रदेशसभामा बहुमतको संख्या पु¥याउन ४४ सांसदको समर्थन आवश्यक हुन्छ।

केही दिनअघि बसेको एमाले संसदीय दलको बैठकले उनलाई दलको नेतासमेत चयन गरेको थियो। यसअघिका संसदीय दलका नेता लीला गिरीले आफू दलको नेता हुँदाहुँदै पार्टी महासचिव शंकर पोखरेल निकटका आचार्यलाई मुख्यमन्त्री बनाएपछि असन्तुष्टि जनाउँदै संसदीय दलको नेताबाट राजीनामा दिएका थिए।

मुख्यमन्त्रीका लागि दाबी पेश गर्न निवेदन तयार गरिरहेका बेला पार्टी महासचिव पोखरेलले गिरीको ठाउँमा आचार्यको नाम लेख्न भनेपछि गिरी रुष्ट बनेका छन्।

प्रकाशित: ३ भदौ २०८१ १७:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast