शिक्षा सुधारका लागि प्रधानाध्यापकले के गर्ने?

हिमाल प्रेस ३ भदौ २०८१ १६:४५
430
SHARES
शिक्षा सुधारका लागि प्रधानाध्यापकले के गर्ने? श्री रत्नराज्य मावि, काठमाडाैँका प्रधानाध्यापक रामाशिष यादव। तस्बिर : हिमालप्रेस

काठमाडौँ- विद्यालय शिक्षाको नतिजा प्रभावकारी नभएको भन्दै बेलाबखत शिक्षकको आलोचना हुने गर्छ। गत असारमा सार्वजनिक एसईई नतिजा पनि समग्रमा सन्तोषजनक आएन। तर केही विद्यालयले भने शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएका थिए।

काठमाडौँ महानगरपालिकाभित्रको रत्नराज्य मावि उत्कृष्ट विद्यालयभित्र पर्दछ। रत्नराज्यका प्रधानाध्यापक रामाशिष यादवले प्रधानाध्यापकले नै सबै पक्षलाई मिलाएर लैजान सकिए गुणस्तरीय शिक्षा र उत्कृष्ट नतिजा आउने बताए।

उनले‍ विद्यालय सुधारका केही टिप्स हिमालप्रेसलाई सुनाए। उनका अनुसार प्रधानाध्यापक अरू शिक्षकभन्दा एक घण्टा पहिले विद्यालय आउनुपर्छ र एक घण्टापछि जानुपर्छ। प्रधानाध्यापकले शिक्षकलाई प्रशासनिक रूपबाट पक्षपाती गर्नुहुँदैन। शिक्षकको मनोबल उच्च राख्न प्रधानाध्यापकले भूमिका खेल्नुपर्छ।

प्रधानाध्यापक रामाशिषले विद्यार्थी र अभिभावबीचमा अन्तर्क्रिया गराउँदा पनि शिक्षामा सुधार हुने बताउँदै नियमित कक्षा सञ्चालनमा कन्जुस्याइँ गर्न नहुने र प्रधानाध्यापकले विद्यार्थी र शिक्षकलाई अनुशासित राख्न  सक्नुपर्ने बताए।

कोर्स सकिए नसकिएको समयसमयमा विद्यार्थी र शिक्षकबाट जानकारी लिने, परीक्षादेखि नतिजासम्मको जानकारी अभिभावकलाई गराउने, समयसमयमा अभिभावक भेला गराएर शिक्षाका उद्देश्य र महत्त्व जानकारी गराइयो भने सामुदायिक विद्यालयमा सुधार हुने उनकाे भनाइ छ।

प्रकाशित: ३ भदौ २०८१ १६:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 14 =