परराष्ट्रमन्त्री आरजु राणा र भारतीय समकक्षी जयशंकरबीच भेटवार्ता

हिमाल प्रेस ३ भदौ २०८१ १३:१०
102
SHARES
परराष्ट्रमन्त्री आरजु राणा र भारतीय समकक्षी जयशंकरबीच भेटवार्ता परराष्ट्रमन्त्री आरजु राणा देउवा भारतीय समकक्षी एस जयशंकरसँग। तस्बिर स्रोत : परराष्ट्र मन्त्रालय

काठमाडौँ– छिमेकी राष्ट्र भारतको पाँच दिने औपचारिक भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवा र भारतीय समकक्षी एस जयशंकरबीच भेटवार्ता  भएको छ। उनीहरूबीच केहीबेर अघि भेटवार्ता सुरू भएको हो। भारतीय विदेशमन्त्री जयशंकरले मन्त्री राणालाई स्वागत गर्दै द्वीपक्षीय विषयमा कुराकानी गर्ने उल्लेख गरेका छन्।

भेटका क्रममा द्विपक्षीय हित, सहकार्य तथा सम्बन्ध विस्तारका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्री राणा भारतीय विदेशमन्त्री एस जयशंकरकै निमन्त्रणामा ५ दिने भारत भ्रमणका लागि आइतबार नयाँ दिल्ली गएकी हुन्। परराष्ट्रमन्त्री नियुक्त भएपछि उनको यो पहिलो विदेश भ्रमण हो।

आइतबार दिउँसो नयाँ दिल्ली पुगेकी राणालाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली दूतावासका अधिकारीहरूसँगै भारतीय विदेश मन्त्रालयका सहसचिव अनुराग श्रीवास्तवले स्वागत गरेका थिए। मन्त्री राणाको भदौ ६ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।

प्रकाशित: ३ भदौ २०८१ १३:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 4 =