डलरको भाउ स्थिर

हिमाल प्रेस ३ भदौ २०८१ ७:०८
2
SHARE
डलरको भाउ स्थिर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। आज आज अमेरिकी डलरको मूल्य स्थिर रहँदा अरु धेरै विदेशी मुद्राको मूल्य बढेको छ। बहराइन दिनारको मूल्य भने थोरे घटेको छ।

राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६१ पैसा निर्धारण भएको छ। हिजो र अस्ती पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो।

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४७ रुपैयाँ ७९ पैसा र बिक्रीदर १४८ रुपैयाँ ४५ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४७ रुपैयाँ २८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ९४ पैसा थियो।

आजको लागि बेलायती पाउन्ड १ को खरिददर १७३ रुपैयाँ ४८ पैसा र बिक्रीदर १७४ रुपैयाँ २५ पैसा निर्धारण भएको छ। हिजो पाउन्ड १ को खरिददर १७२ रुपैयाँ ९२ पैसा र बिक्रीदर १७३ रुपैयाँ ६९ पैसा थियो।

आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८९ रुपैयाँ ३७ पैसा र बिक्रीदर ८९ रुपैयाँ ७७ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ८४ पैसा र बिक्रीदर ८९ रुपैयाँ २४ पैसा थियो।

त्यसैगरी आजको लागि कुवेती दिनार १ को खरिददर ४३८ रुपैयाँ ८० पैसा र बिक्रीदर ४४० रुपैयाँ ७७ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३८ रुपैयाँ १४ पैसा र बिक्रीदर ४४० रुपैयाँ १० पैसा थियो।

आजको लागि बहराइन दिनारको खरिददर ३५५ रुपैयाँ ५२ र बिक्रीदर ३५७ रुपैयाँ ११ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५५ रुपैयाँ ५३ र बिक्रीदर ३५७ रुपैयाँ १३ पैसा थियो।

प्रकाशित: ३ भदौ २०८१ ७:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 3 =