दार्चुला शैल्यशिखरका दुई कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

हिमाल प्रेस २ भदौ २०८१ २०:३३
20
SHARES
दार्चुला शैल्यशिखरका दुई कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दार्चुलाको शैल्यशिखर नगरपालिकाका दुई कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगले उक्त नगरपालिकाका कृषि प्राविधिक अधिकृत मोहनसिंह धामी र कृषि नायव प्राविधिक सहायक अशोकसिंह धामीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

कृषि समूहको बिल भुक्तानी गर्दा कसिमनबापत सेवाग्राहीसँग ४ लाख १२ हजार बराबरको घुस र २ लाख ५० हजार बराबरको दुई वटा चेक (पाँच लाख) सहित केही दिन पहिले आयोगको कञ्चनपुर कार्यालयबाट गएको टोलीले पक्राउ गरेको थियो। आयोगले आज ९ लाख एक हजार बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।

प्रकाशित: २ भदौ २०८१ २०:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 9 =