अवैध सुनचाँदीको गहनासहित एक जना पक्राउ

हिमाल प्रेस २ भदौ २०८१ १४:३९
2
SHARE
अवैध सुनचाँदीको गहनासहित एक जना पक्राउ

काठमाडौँ- प्रहरीले सिरहाबाट अवैध सुनचाँदीको गहनासहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापाको दमकमा डेरा गरी बस्दै आएका २८ वर्षीय रोशन बराइली रहेको प्रहरीले जनाएको छ।

सिरहाबाट चोहर्बातर्फ प्र.१–०१–१४ प ४६२५ नम्बरको मोटरसाइकल चढेर आइरहेका उनलाई चेकजाँचको क्रममा सिरहा नगरपालिका–७ मसिसोथा भन्ने ठाउँबाट प्रहरीले पक्राउ गरेको हो।

बराईलीको साथबाट ५ लाख ५२ हजार ९०९ रूपैयाँ मूल्य बराबरको सुनचाँदीका गहना बरामद भएको जिल्ला प्रहरी सिरहाका प्रवक्ता डिएसपी रमेश पण्डितले जानकारी दिए।

उनका अनुसार हरियो पोतेमा जडित माला १८ थान, रातो पोतेमा जडित माला ३० था, सेता मोती मालामा जडित ५ थान, खुला चन्द्रमा ६ थान, पोतेमा जडित चक्र ८ थान र पोतेमा जडित मंगलसुत्र १ थान गरी २६.०५ ग्राम सुनको गहना बरामद भएको छ।
त्यस्तै बाला ६४ थान, ब्रासलेट ११ थान, चुना २९ थान र रड १ थान गरी २६५.४ ग्राम चाँदीको गहना बरामद भएको प्रहरीले जनाएको छ। बरामद सुन ३ लाख ३५ हजार २२८ रूपैयाँ ४८ पैसा र चाँदीको मूल्य २ लाख १७ हजार ६८० रूपैयाँ ७९ पैसा रहेको छ।

डिएसपी पण्डितले बरादम भएका गहनाहरूको बीचबिजक देखाउन नसकेपछि बराईलीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जनाएका छन्।

प्रकाशित: २ भदौ २०८१ १४:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − seven =