अवैध रूपमा रकम माग्ने दुई युवा पक्राउ

हिमाल प्रेस २ भदौ २०८१ १३:३७
18
SHARES
अवैध रूपमा रकम माग्ने दुई युवा पक्राउ सांकेतिक तस्बिर।

महोत्तरी- महोत्तरीको जलेश्वर नगरपालिका–५ का गफुर राइनसँग अवैध रूपमा रकम माग गरेको आरोपमा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा महोत्तरीकै रामगोपालपुर नगरपालिका–५ घर भई जलेश्वरमा डेरा गरी बस्दै आएका २४ वर्षीय सुनीलकुमार राउत र १९ वर्षीय करण मण्डल रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले बताए।

केही दिनदेखि आफूलाई दुवै युवकले बाटोमा भेटेर चिठीमा लेखेर ९२ हजार रुपैयाँ माग गरेको र धम्की दिने गरेपछि गफुरले प्रहरीमा जानकारी गराएका थिए।

सोही जानकारीका आधारमा प्रहरीले शनिबार दुवै युवकलाई जलेश्वर–१ स्थित महादेव मन्दिर परिसरबाट पक्राउ गरेको हो। पक्राउ गरिएका दुवै युवकमाथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ। रासस

प्रकाशित: २ भदौ २०८१ १३:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =