उदयराज शर्माको ‘पहाडकी रानी’

हिमाल प्रेस २ भदौ २०८१ १०:४४
126
SHARES
उदयराज शर्माको ‘पहाडकी रानी’

काठमाडौँ- सञ्चारकर्मी उदयराज शर्माले ‘पहाडकी रानी’ बोलको गीत सार्वजनिक गरेका छन्। शर्माकै शब्द, संगीत र स्वर रहेको गीत सिने सँगालो युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

गीतले प्रकृति र नारीलाई समरुपमा प्रस्तुत गर्ने प्रयास गरेको देखिन्छ। ए लेभल स्टुडियोमा रेकर्ड गरिएको गीतमा सञ्जय हमालको संगीत संयोजन छ। विष्णु ठकुरीको छायांकन तथा निर्देशन रहेको गीतको भिडियो उदयराज शर्माले सम्पादन गरेका हुन भने सुजल श्रेष्ठको रंग संयोजन छ।

म्युजिक भिडियोको निर्मातामा आर्यव शर्मा र आरध्या लक्ष्मी शर्मा हुन् भिडियोमा पूजा सोनी, उदयराज शर्मा र रवि अर्यालको अभिनय छ।

प्रकाशित: २ भदौ २०८१ १०:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =