‘भ्वाइस किड्स सिजन ३’ को उपाधि अनुयालाई

हिमाल प्रेस २ भदौ २०८१ ६:३६
18
SHARES
‘भ्वाइस किड्स सिजन ३’ को उपाधि अनुयालाई

काठमाडौँ- ‘भ्वाइस किड्स सिजन ३’ को उपाधि अनुया तामाङले जितेकी छन्। शनिबार आयोजित ग्राण्ड फिनालेमा टीम प्रमोद खरेलकी प्रतिस्पर्धी तामाङले उपाधि जितिन्।

जितसँगै अनुयाले १० लाख रुपैयाँ र प्रायोजकको तर्फबाट गिफ्ट ह्याम्पर प्राप्त गरेकी छन्। अन्य फाइनलिस्टलाई पनि गिफ्ट ह्याम्पर प्रदान गरिएको छ। कोच प्रमोद खरेलको टिमबाट अनुया र लाक्पा शेर्पा, कोच मिलन नेवारको टिमबाट समीक्षा धिताल र रिञ्जिन डोल्मा लामा फाइनलिस्ट थिए।

कोच छेवाङ लामाको टिमबाट द्वितिका प्रधान र छेसाङ तामाङ, कोच मेलिना राईको टिमबाट सिमला धिताल र आयुष लामाले फिनालेमा प्रतिस्पर्धा गरे।

प्रकाशित: २ भदौ २०८१ ६:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =