भारत भ्रमणमा जाँदै परराष्ट्रमन्त्री

हिमाल प्रेस २ भदौ २०८१ ६:३१
4
SHARES
भारत भ्रमणमा जाँदै परराष्ट्रमन्त्री

काठमाडौँ- परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज भारतको नयाँ दिल्ली जाँदैछन्। मन्त्री भएपछि राणाको पहिलो विदेश भ्रमण हो। उनले भारतका उच्च अधिकारीसँग भेट्ने कार्यसूची छ।

भ्रमणबारे भारतीय विदेश मन्त्रालय र नेपालको परराष्ट्र मन्त्रालयले शनिबार अपरान्ह एकसाथ विज्ञप्ती जारी गरेका छन्। भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तीमा भारतको छिमेक नीतिमा नेपाल प्राथमिकतामा परेको मित्र (प्रायोरिटी पार्टनर) भएको उल्लेख गरिएको छ।

नेपालको तर्फबाट परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तीमा पनि यस प्रकारका उच्चस्तरीय भ्रमणहरुले दुई मुलुकबीचको पुरानो सम्बन्धलाई थप सुदृढ तुल्याउने उल्लेख गरिएको छ। परराष्ट्रमन्त्री डा देउवा भारतीय समकक्षी एस जयशंकरको निमन्त्रणामा नयाँदिल्ली जान लागेकी हुन्।

उपचारको सिलसिलामा नयाँदिल्ली जाने योजनामा रहेपनि डा राणाको भ्रमणलाई औपचारिक स्वरूप प्रदान गर्न भारतीय विदेशमन्त्री जयशंकरले निम्तो पठाएका थिए। भारतीय विदेशमन्त्री डा जयशंकरसँग मन्त्री राणाको सोमबार भेटवार्ता हुने बताइएको छ।

भारतले भ्रमणलाई औपचारिक स्वरूप प्रदान गर्ने भएपछि मन्त्री राणामार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको औपचारिक निम्तोपत्र पठाउने योजना बनाएका छन्।

प्रकाशित: २ भदौ २०८१ ६:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =