माओवादी घटकलाई एकताबद्ध बनाउँछौँ : प्रचण्ड

हिमाल प्रेस १ भदौ २०८१ १८:०४
6
SHARES
माओवादी घटकलाई एकताबद्ध बनाउँछौँ : प्रचण्ड

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी सरकारमा छँदा सुशासनका पक्षमा काम गरेको बताएका छन्।

पार्टी सम्वद्ध रुकुमपश्चिम–काठमाडौँ सम्पर्क समितिको दोस्रो जिल्ला सम्मेलनमा उनले आफू नेतृत्वको पूर्ववर्ती सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिलाई केन्द्रमा राखेर काम गरेको उल्लेख गरे।

आफ्नो पार्टी समाजवादी क्रान्तिको तयारीमा रहेकाले पछिल्ला दिनमा पार्टीभित्रको बहसले झनै एकताबद्ध बनाएको उनले बताए। अध्यक्ष प्रचण्डले पार्टी स्थायी कमिटी बैठकमा उपमहासचिव जनार्दन शर्माले लिखित रुपमा राखेको प्रस्ताव मत फरक मत नभएकाले त्यसलाई केन्द्रीय समितिको दस्तावेजमा समावेश गरिने बताए। उनले सम्पूर्ण माओवादी घटकलाई एकताबद्ध बनाउन लागिएको र पार्टीलाई झन् बलियो बनाउने दाबी गरे।

माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आफूले पार्टी, आन्दोलन, नेतृत्व र जनताका पक्षमा काम गरेको बताए। पार्टीमा बहस गर्न आफू सँधै क्रियाशील रहिरहने तथा पार्टी बलियो बनाउनु निरन्तर खटिने उनले बताए। उनले पार्टीभित्रको बहसले पार्टीलाई अझ बलियो बनाएको विचार व्यक्त गरे।

पार्टी बनाउने एजेण्डामा छलफल गर्दा आफूमाथि प्रश्न उठाइएकामा असन्तुष्टी व्यक्त गर्दै उनले स्थायी कमिटीको निर्णयअनुसार आफू निरन्तर पार्टी बनाउन लागिरहने उल्लेख गरे।

नेत्र विक्रम चन्दलाई पार्टी नछोड्न आफूले बारम्बार आग्रह गरेको सन्दर्भ उल्लेख गर्दै उनले भने, ‘अन्य वामपन्थी दलसँग एकताको कुरा चलिरहेको अवस्थामा विप्लवलाई माओवादीमा आउन रोक्यो भनेर अनर्गल प्रचार भयो।’

प्रकाशित: १ भदौ २०८१ १८:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + ten =