आर्थिक मन्दी चिर्न कार्यक्रम बनाएका छौँ : उपप्रधानमन्त्री सिंह

हिमाल प्रेस १ भदौ २०८१ १०:४७
4
SHARES
आर्थिक मन्दी चिर्न कार्यक्रम बनाएका छौँ : उपप्रधानमन्त्री सिंह उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंह।

काठमाडौँ- उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले अर्थतन्त्रमा रहेको मन्दीलाई चिर्न कार्यक्रमहरू बनाइरहेको बताएका छन् ।

शनिवार काठमाडौँमा आयोजित बधाई ज्ञापन कार्यक्रममा बोल्दै उनले वर्तमान सरकारले मन्त्री अर्थतन्त्रलाई सबल बनाउन कार्यक्रमहरू बनाइरहेको बताए । उनले आम नेपालीको अपेक्षालाई मूर्त रूप दिन वर्तमान सरकार बनेको जिकिर गरे । उनले देशको अर्थतन्त्रमा सुधार ल्याउन, सामाजिक रूपमा हुनुपर्ने काममा रहेका बाधा अड्चन हटाउन र देशमा सुशासन कायम गर्न सरकार लागिपरेको बताए ।

आफूहरू पदमा गएर झन्डा फरफराएर, आनन्द लिनका लागि राजनीतिमा नलागेको भन्दै उनले देशको अवस्थालाई राम्रोसँग बुझेर भएका अप्ठ्यारा पन्छाएर जनतालाई राहत दिन अघि बढिरहेको बताए ।

उपप्रधानमन्त्री सिंहले काठमाडौँको १ नम्बर निर्वाचन क्षेत्रको विकास निर्माणका काममा प्रभावकारीताका साथ अघि बढ्ने प्रतिबद्धता जनाए । वर्तमान सरकार नै राम्रोसँग नटिक्ने जनताको गुनासोपछि संसद्को सबैभन्दा ठुलो दल कांग्रेस र एमाले मिलेर सरकार गठन गरेको उनले बताए ।

प्रकाशित: १ भदौ २०८१ १०:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 7 =