भाद्र संक्रान्तिका दिन सुदूरपश्चिममा आज ओल्के पर्व मनाइँदै

हिमाल प्रेस १ भदौ २०८१ ७:२६
4
SHARES
भाद्र संक्रान्तिका दिन सुदूरपश्चिममा आज ओल्के पर्व मनाइँदै

काठमाडौँ- सुदूरपश्चिमका विभिन्न स्थानमा आज ओल्के पर्व मनाइँदैछ। सिंह संक्रान्ति अर्थात् भाद्र संक्रान्तिका दिन सुदूरपश्चिममा यो पर्व धुमधामसँग मनाउने गरिन्छ ।

साउने झरी सकिएलगत्तै प्राकृतिक प्रकोपबाट बाँचिएको खुशियालीमा ओल्के पर्व मनाउने चलन छ। ओल्को भन्नाले सम्मानित व्यक्तिलाई दिइने केही ‘उपहार’ वा ‘कोसेली’लाई जनाउँछ।

बिहानै नुहाइधुवाइ आफूभन्दा जेठा व्यक्ति र मान्यजनलाई सम्मानस्वरुप कर्कलाको भित्री पात, फलफूल आदि दिनु, मीठो–मसिनो खान खाने लगाउनु यस पर्वको विशेषता रहिआएको छ ।

प्रकाशित: १ भदौ २०८१ ७:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =