बागमती प्रदेशमा गाईजात्रामा बिदा

हिमाल प्रेस १ भदौ २०८१ ७:२२
14
SHARES
बागमती प्रदेशमा गाईजात्रामा बिदा फाइल तस्बिर

काठमाडौँ- बागमती प्रदेश सरकारले गाईजात्रा पर्वको अवसरमा भदौ ४ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

शुक्रबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, हेटौँडामा बसेको बागमती प्रदेश सरकारको बैठकले आगामी भदौ ४ गते मंगलबार गाईजात्रा पर्वको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

२०७८ र २०७९ सालमा जनैपूर्णिमा र गाईजात्रा पर्व एकै दिन परेकाले बागमती प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको थिएन।

प्रकाशित: १ भदौ २०८१ ७:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =