‘सतीदेवी’ को गीत ‘माया बसेको रैछ’

हिमाल प्रेस ३२ साउन २०८१ १६:०९
20
SHARES
‘सतीदेवी’ को गीत ‘माया बसेको रैछ’

काठमाडौँ- फिल्म ‘सतीदेवी’को गीत ‘माया बसेको रैछ’ बोलको गीत सार्वजनिक भएको छ। प्रताप दास र दीपा लामाको स्वर रहेको गीतमा फिल्मका निर्देशक लक्ष्मण सुवेदीको शब्द र दीपक शर्माले संगीत भरेका छन्।

गीतमा फिल्मकी मुख्य अभिनेत्री मलिका महत र कलाकार सन्दीप बाबु लोहनीको रोमान्टिक अभिनय देख्न सकिन्छ।

आगामी भदौ ७ देखि प्रदर्शन हुने फिल्ममा मलिका र सन्दिपबाहेक हर्षिका वली, मन्जिला बानियाँ, रमेश वुढाथोकी, कुल बहादुर अधिकारी, भोलाराज सापकोटा, सिर्जना अधिकारी, सुजिता शिवाकोटी, सन्देश लिम्बु, मनीशा सापकोटालगायतका कलाकारको अभिनय छ।

लक्ष्मण सुवेदीको लेखन, निर्माण र निर्देशनमा बनेको फिल्ममा दिलासा, सारा, योगेश, विवेक, समीक्षा, लक्की, लोकप्रसाद र श्रीदेवी सुवेदीको लगानी छ।

प्रकाशित: ३२ साउन २०८१ १६:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 4 =