मधेशका मुख्यमन्त्रीले मन्त्रीहरूसँग गरे करार कार्यसम्पादन सम्झौता

हिमाल प्रेस ३२ साउन २०८१ १३:३१
8
SHARES
मधेशका मुख्यमन्त्रीले मन्त्रीहरूसँग गरे करार कार्यसम्पादन सम्झौता

जनकपुरधाम- मधेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌ कार्यालयले मधेशका मन्त्रीहरूसँग कार्य सम्पादन करार सम्झौता गरेको छ। पछिल्लो समय मधेशका मन्त्रालयहरूको कार्यक्रम तथा योजनाहरू समयमै सम्पन्न नहुने, बजेट अत्याधिक मात्रामा फ्रिज हुनेलगायतका समस्या समाधान गर्ने उद्देश्यले सम्बन्धित मन्त्रीहरूसँग कार्य सम्पादन करार सम्झौता गरिएको मुख्यमन्त्रीले बताए।

‘मन्त्रालयहरूको कार्य सम्पादन मजबुत बनाउनका लागि सम्बन्धित मन्त्रीहरूसँग सम्झौता गरिएको हो,’ मुख्यमन्त्री सतिशकुमार सिंहले भने, ‘अब मन्त्रीज्यूहरू मन्त्रालयका सचिवहरूसँग समन्वय गरेर मन्त्रालयका योजनाहरू कार्यान्वयनमा ल्याउने छन् र यसले कार्यप्रगति पनि राम्रो हुनेछ।’

यसका साथै मन्त्रालयका योजनाहरू कार्यान्वयनमा के कारणले र कसको कारणले ढिलाइ भईरहेको छ भन्ने पत्ता लगाउन पनि सहज होस् भनेर यस्तो कदम चालिएको मुख्यमन्त्री सिंहको भनाइ छ।

उनले यो सम्झौताले मन्त्रालयका कर्मचारीहरूलाई दायित्वबोध गराउनुका साथै समयमै काम सम्पन्न गर्न मद्दत मिल्ने विश्वास व्यक्त गरे। मुख्यमन्त्री सिंहले अब मासिक वा त्रैमासिक रुपमा प्रत्येक मन्त्रालयको कार्यसम्पादनको समीक्षासमेत गरिने बताए।

मुख्यमन्त्री तथा मन्त्रीहरूसँग गरिएको कार्यसम्पादन करार सम्झौतामा प्रदेश सरकारका निति तथा कार्यक्रममा शामिल साझा योजनाहरूका साथै सम्बन्धित मन्त्रालयहरूको विभिन्न क्षेत्रका कार्यहरूलाई समेटिएको छ।

प्रकाशित: ३२ साउन २०८१ १३:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + seventeen =