बागलुङको बोङ्गाखोलामा पुल बन्यो,भुक्तानी बाँकी

हिमाल प्रेस ३२ साउन २०८१ ६:१३
12
SHARES
बागलुङको बोङ्गाखोलामा पुल बन्यो,भुक्तानी बाँकी

बागलुङ- तमानखोला गाउँपालिका–१ बोङ्गादोभानमा साना तथा मझौला सवारीसाधन सञ्चालन गर्न मिल्ने पक्की पुल दुई करोड ७१ लाख २७ हजार ९६४ मा निर्माण भएको छ।

तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले लामो समयको प्रयासपछि बोङ्गाखोलामा पुल निर्माण भएको बताए। गाउँपालिकामा सबै याममा सवारीसाधन सञ्चालन गर्न अझै आठवटा पुल निर्माण गर्न बाँकी रहेको उनले बताए।

गाउँपालिकाले गत आर्थिक वर्षमा ८७ लाख ६७ हजार नौ सय २६ को लागतमा भिकोसघाटमा पक्की पुल निर्माण गरेको उनले जानकरी दिए। चारवर्षअघि २०७९ चैत ३० भित्रमा निर्माण पूरा गर्नेगरी निर्माण कम्पनी कान्तिपथ कन्ट्रक्सनसँग सम्झौता भएको सडक डिभिजन कार्यालयका इन्जिनियर अमर अधिकारीले बताए।

‘ढिलो भएपनि पुल पूरा भयो तर निर्माण कम्पनीलाई ६० लाख भुक्तानी गर्न बाँकी छ,’ विनियोजित बजेट कम भएकाले भुक्तानीमा समस्या भएको जानकारी दिँदै उनले भने।

प्रकाशित: ३२ साउन २०८१ ६:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =