यी जिल्लामा वर्षा

हिमाल प्रेस ३२ साउन २०८१ ५:५६ | Friday, August 16, 2024
यी जिल्लामा वर्षा

काठमाडौँ- जल तथा मौसम विज्ञान विभागले पश्चिम नेपालका विभिन्न जिल्लामा गएराति वर्षा भएको जनाएकाे छ।

अछाम, जाजरकोट, दैलेख, गुल्मी, म्याग्दी, बागलुङ, पर्वतमा वर्षा भएको विभागले आफ्नाे नियमित माैसम बुलेटिनमा उल्लेख गरेकाे छ।

विभागकाअनुसार गुल्मी, म्याग्दीको मुना, बागलुङको गलकोट, पर्वतको पन्चासे, कार्किनेटा वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा मध्यम वर्षा मापन भएको छ‍।

त्यस्तै जाजरकोट, दैलेखको डन्डागाउँ, अछामको असाराघाट वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा मध्यम वर्षा मापन भएको पनि विभागले उल्लेख गरेकाे छ।

विभागले थप वर्षा हुनसक्ने सम्भावना रहेकाे बताउँदै सतर्कता अपनाउन आग्रह गरेकाे छ।

प्रकाशित: ३२ साउन २०८१ ५:५६ | Friday, August 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast