घट्यो इन्धनको मूल्य

हिमाल प्रेस ३१ साउन २०८१ २०:५५
46
SHARES
घट्यो इन्धनको मूल्य

काठमाडौँ- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो।

बिहीबार साँझ बसेको निगमको सञ्चालक समिति बैठकले पेट्रोलमा प्रतिलिटर पाँच रूपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर तीन रूपैयाँ घटाउने निर्णय गरेको हो।

घटेको मूल्य बिहीबार राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ। इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट घटेर आएपछि स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरिएको हो।

पहिलो वर्गका क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १६२.५० रूपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १५२.५० रूपैयाँ कायम भएको छ। त्यस्तै दोस्रो वर्गका क्षेत्रमा पेट्रोल प्रतिलिटर १६४ र डिजेल तथा मट्टितेल प्रतिलिटर १५४ रूपैयाँ कायम भएको निगमले जनाएको छ।

तेस्रो वर्गका क्षेत्रमा पेट्रोल प्रतिलिटर १६५ रूपैयाँ र डिजेल तथा मट्टितेल प्रतिलिटर १५५ रूपैयाँ कायम भएको छ।

निगमले चारआली, विराटनगर, जनकपुर, वीरगञ्ज, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज र धनगढीलाई पहिलो वर्गमा राखेको छ। सुर्खेत र दाङलाई दोस्रो तथा काठमाडौँ, पोखरा र दियाललाई तेस्रो वर्गमा राखेको छ।

प्रकाशित: ३१ साउन २०८१ २०:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast