कांग्रेस एक हप्ताभित्र कोशी सरकारमा सहभागी हुन्छ : नेता कोइराला

हिमाल प्रेस ३१ साउन २०८१ १९:०९
102
SHARES
कांग्रेस एक हप्ताभित्र कोशी सरकारमा सहभागी हुन्छ :  नेता कोइराला फाइल तस्बिर।

मोरङ– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कोशी प्रदेश सरकारमा नेपाली कांग्रेस आगामी एक हप्ताभित्र सहभागी हुने बताएका छन्।

विराटनगर विमानस्थलमा बिहीबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सरकार विस्तार सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल भइरहेको जानकारी दिए।

कोइरलाले भने, ‘हाम्रा कारणले प्रदेश सरकार विस्तार हुन नसकेको आरोप गलत हो।’ उहाँले विगत एक वर्षदेखि आफूले एमाले र कांग्रेसबीच गठबन्धन हुनुपर्छ भनेको र यो सरकारलाई भत्काउने कार्य आफूबाट कुनै हालतमा नहुने बताए।

नेता कोइरालाले राजनीतिक स्थायित्वका लागि वर्तमान गठबन्धन आवश्यक भएको उल्लेख गरे। उनले संविधानमा लेखिएअनुसार समावेशी समानुपातिक कायम राखी संविधानमा सुधार गरी निर्वाचन प्रणाली संशोधन गरी बहुमतको सरकार निर्माण हुनेतर्फ अगाडि बढ्नुपर्नेमा जोड दिए।

फरक प्रसङ्गमा उहाँले आगामी १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवार आफू हुने जानकारी दिँदै तोकिएकै समयमा महाधिवेशन हुनुपर्ने धारणा बताए।

प्रकाशित: ३१ साउन २०८१ १९:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − nine =