सबै प्रदेशमा माओवादीको संयुक्त परामर्श समितिको बैठक बस्ने

हिमाल प्रेस ३१ साउन २०८१ १८:३३
10
SHARES
सबै प्रदेशमा माओवादीको संयुक्त परामर्श समितिको बैठक बस्ने

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) ले प्रदेशस्तरमा संयुक्त परामर्श समितिको बैठक बोलाउने निर्णय गरेको छ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्पन्न स्थायी समिति बैठकले सबै प्रदेशमा निरन्तर संयुक्त परामर्श समितिको बैठक बस्ने निर्णय गरेको हो।

परामर्श समितिको सवै बैठकमा अध्यक्षदेखि उपमहासचिवसम्मका नेताहरू सहभागी हुने प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए। उनाले बागमतीमा भदौको ५ देखि ६, उपत्यका विशेष प्रदेशमा ७ देखि ८, गण्डकीमा ९ देखि १०, सुदूरपश्चिममा १२ देखि १३, कर्णालीमा १४ देखि १५ गते, लुम्बिनी प्रदेशमा भदौको १६ देखि १७ गते बैठक बस्ने बताए।

त्यस्तै भदौ ३० गतेसम्म अन्य प्रदेश, मोर्चा, मञ्चलगायतको बैठक हुने माओवादी केन्द्रले जनाएको छ। सबै प्रदेशको बैठक सम्पन्न भएपछि व्यवस्थित दस्ताबेज तयार पारेर असोज पहिलो साता केन्द्रीय कमिटीको बैठक बस्ने सापकोटाले जानकारी दिए।

बैठकले सदन, सडकलाई सशक्त पार्दै र माओवादीले जितेका १२२ स्थानीय तहलाई प्रभावकारी ढंगले अघि बढाउने निर्णय गरेको उनको भनाइ छ। उनले नेकपा एकीकृत समाजवादीलगायतसँग एकताका लागि निरन्तर छलफल भइरहेको बताए।

बैठकमा नेताहरूको कार्यविभाजनका बारेमा भने कुनै निर्णय नभएको सापकोटाले उल्लेख गरे। बैठकमा अध्यक्ष प्रचण्डले पार्टीभित्र देखिएको मतभेद अन्त्य गर्दै पार्टीलाई बलियो बनाउदै लैजानुपर्ने बताएका थिए।

प्रकाशित: ३१ साउन २०८१ १८:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast