‘कोशी प्रदेश’ विरूद्ध जसपा नेपालले गठन गर्‍यो संघर्ष समिति

हिमाल प्रेस ३१ साउन २०८१ १८:०१
168
SHARES
‘कोशी प्रदेश’ विरूद्ध जसपा नेपालले गठन गर्‍यो संघर्ष समिति

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) नेपालले कोशी प्रदेशको नाम खारेजीको लागि आन्दोलन परिचालन एवं समन्वय गर्न नौ सदस्यीय संघर्ष समिति गठन गरेको छ। जसपा नेपालले कार्यकारिणी समिति सदस्य एवं पूर्वशान्ति मन्त्री रकम चेम्जोंगको संयोजकत्वमा आन्दोलन परिचालन समिति गठन गरेकोे हो।

कोशी प्रदेश नामकरणविरुद्धा भइरहेको राष्ट्रिय पहिचानको आन्दोलनलाई समन्वय गरी आन्दोलनलाई निर्णायक तहमा पुर्‍याउन समिति घोषणा गरिएको जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले बताए।

आदिवासी जनजाति समुदायमा रुचाइएका र पहिचानवादी समुदायहरुबीच समन्वय गर्न सक्ने तथा आन्दोलनलाई परिणामसम्म पु¥याउनसक्ने क्षमता भएकोले नेता चेम्जोंगलाई आन्दोलनको कमाण्डर तोकिएको अध्यक्ष यादवको भनाइ छ।

संघर्ष समितिको सदस्यमा जसपा नेपाल प्रदेश नं. १ का अध्यक्ष दिपक याख्या, विदेश इन्चार्ज डा. केके राई, संगठन विभाग सचिव लाक्पा शेर्पा, पहिचानवादी नेताहरु राजकुमार राई, जयराम यादव, सशी लिङदेन, कुन्ता राई र मच्छिन्द्र वेगा रहेका छन्।

साउन २७ गते सुरु भई ३० गते ललितपुरको सानागाउँमा सम्पन्न चार दिवसीय जसपा नेपालको केन्द्रीय समिति बैठकले उक्त संघर्ष समिति घोषणा गरेको थियो। यद्यपि, केही सदस्यहरुको नाम थपेर बिहिबार समितिले पूर्णता पाएको छ।

पूर्वी नेपालमा पहिचानका आधारित आन्दोलन समुदायगत र स्वस्फुर्त ढंगले हुँदैआए पनि पार्टीगत रुपमा कोशी प्रदेश नाम खारेजीको लागि कमाण्डर तोकेर संघर्ष समिति गठन भएको यो पहिलो पटक हो।

प्रकाशित: ३१ साउन २०८१ १८:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + seven =