नेपाली र विदेशी पर्यटकको हवाई भाडा एकरुपता कायम हुन्छ : पर्यटनमन्त्री पाण्डे

हिमाल प्रेस ३१ साउन २०८१ १६:१६
6
SHARES
नेपाली र विदेशी पर्यटकको हवाई भाडा एकरुपता कायम हुन्छ : पर्यटनमन्त्री पाण्डे

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्‌डयनमन्त्री बद्री पाण्डेले स्वदेशी र विदेशी पर्यटकका लागि हवाई भाडादरमा एकरुपता कायम गर्ने बताएका छन्।

बिहीबारको राष्ट्रियसभा बैठकमा पर्यटनमन्त्री पाण्डेले सरकारले यस विषयलाई उच्च प्राथमिकता दिएर छलफल गरिरहेको बताएका हुन्। उनले हवाई टिकट मूल्यमा एकरुपता ल्याउन सकारात्मक निर्णय हुने पनि विश्वास दिलाए।

उनले पर्यटन क्षेत्रका लागि बजेट अझै पर्याप्त हुन नसकेको गुनासो गरे। पर्यटनमन्त्री पाण्डेले पर्यटक रणनीति योजना सन् २०१६ देखि २०२५ र नेपाल भ्रमण दशकलाई कार्यान्वयनमा ल्याएर यसवर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको बताए। उनले सातवटै प्रदेशलक्षित गरेर ‘सात प्रदेश, सात गन्तव्य कार्यक्रम’, इको हिल टुरिजमलगायतका कार्यक्रम यसवर्षको बजेटमा समावेश गरिएको बताए। भारत र चीनका पर्यटकलाई लक्षित गरी नेपाल पर्यटन बोर्डबाट रोड सोलगायतका प्रचारप्रसार गर्ने कार्यक्रम कार्यान्वयन गरिएको उनले बताए।

पर्यटनमन्त्री पाण्डेले नयाँ पर्यटकीय गन्तव्यको पहिचान गर्न बजेट विनियोजन गरिएको र होटललाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगका रूपमा विकास गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग समन्वय गरी प्रक्रिया अघि बढाइएको बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast