एकीकृत समाजवादीले भन्यो : एकीकरणका लागि कुनै दलसँग कुरा चलेको छैन

हिमाल प्रेस ३१ साउन २०८१ १६:०४
6
SHARES
एकीकृत समाजवादीले भन्यो : एकीकरणका लागि कुनै दलसँग कुरा चलेको छैन नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडा।

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) ले एकीकरणका लागि कुनै दलसँग कुरा नचलेको बताएको छ।एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले एकीकरणका लागि कुनै दलसँग आफूहरूको कुरा नचलेको बताएका हुन्।

समसामयिक राजनीतिक परिस्थितिका विविध पक्षहरूमा समीक्षा गर्न छलफल चलिरहे पनि एकीकरणको विषयमा कुरा सुरू नभएको उनले बताए।

खतिवडाले समाजवादी मोर्चाको गतिविधि बढाइ वापमन्थीहरूको बीचमा न्यूनतम सहकार्य अगाडि बढाउन पहल गरिरहने आफ्नो पार्टीको नीति भएको प्रस्ट पारेका छन्।

‘समसामयिक राजनीतिक परिस्थितिको विविध पक्षमा समीक्षा गर्न छलफल चलिरहेकै छ,’ उनले भने,‘समाजवादी मोर्चाको गतिविधि अगाडि बढाउन पहल गरिरहने हाम्रो नीति नै हो, त्योभन्दा बढी केही छैन।’

प्रवक्ता खतिवडाले सबै राजनीतिक दलका आ–आफ्ना आर्यनीति भएकाले त्यसमा बहकिन नहुने बताएका छन्।

उनले कमल चुनाव चिह्न आफूहरूको विशेष परिचय रहेकाले त्यसलाई मेट्ने गरी पार्टीले कुनै काम नगर्ने उल्लेख गरेका छन्।

‘हामीले आफ्नो पार्टी सबल बनाउने दिशा समाउनले हो,’ खतिवडाले भने,‘कम्युनिस्ट पार्टीको सबै झण्डा उस्तै हो, त्यो साझा छ। कमल चुनाव चिह्न हाम्रो विशेष परिचय हो, यो परिचयलाई मेट्ने गरी पार्टीले कुनै काम गर्दैन।’

प्रकाशित: ३१ साउन २०८१ १६:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − ten =