
काठमाडौँ– कर्णालीको सुर्खेतमा हुने १०औँ राष्ट्रिय खेलकुदका लागि कार्यविधि तयार भएको छ।
युवा तथा खेलकुद मन्त्रालयमा बुधबार खेलकुदमन्त्री तेजुलाल चौधरी र सदस्यसचिव टङ्कलाल घिसिङको टोलीले कार्यविधिमा छलफल गरी कार्यविधिको टुङ्गो लगाएको हो।
कार्यविधिमा खेलाडी, प्रशिक्षक, अफिसियल र रेफ्रीको पोशाक, खेल सामग्री, व्यवस्थपकीय पक्ष, १०औँ राष्ट्रिय खेलकुदमा लागू हुने नीति नियमका बारेमा छलफल गरिएको हो।
यसमा प्रतियोगिता आयोजना गर्ने जिम्मेवारी पाएको कर्णाली प्रदेशले अन्य केही आवश्यक कार्यसमेत गर्नेछ। कार्यविधिले हालको अवस्थालाई हेरी कार्यविधि बनाएको हो। यसैअनुसार बजेटको खाका बनाउनुपर्ने हुँदा कार्यविधिको कामलाई सकिएको राष्ट्रिय खेलकुद परिषद (राखेप) ले जनाएको छ।
आउँदै गरेको १० औँ राष्ट्रिय खेलकुदको १०० दिनको काउन्ट डाउन सुरु भइसकेको छ। जसलेगर्दा कार्यविधि पनि तय गरिएको मन्त्रालयले बताएको छ।