देशको अवस्थालाई चित्रण गर्ने चक्रञ्जलको ‘दिन कटाउनै गाह्रो’

हिमाल प्रेस ३० साउन २०८१ १८:१६
50
SHARES
देशको अवस्थालाई चित्रण गर्ने चक्रञ्जलको ‘दिन कटाउनै गाह्रो’

वीरगञ्ज- देशको वर्तमान परिस्थितिलाई चित्रण गर्ने ‘दिन कटाउनै गाह्रो’ बोलको सन्देशमुलक गीत सार्वजनिक भएको छ। गीत चक्रञ्जलको अफिसियल युट्युबबाट सार्वजनिक गरिएको हो।

सागर बास्तोलाको शब्द रहेको गीतमा चक्रञ्जल परियारको स्वर र संगीत छ। रञ्जन राईले मिक्सिङ गरेको गीतमा विशाल निरौलाको संगीत संयोजन छ।

नेपालमा जति कमाए पनि दुई छाक टार्नपनि मुस्किल भएपछि बिदेसिनु परेको बाध्यात्मक परिस्थितिलाई गीतको भिडियोमार्फत देखाइएको छ। गीतको भिडियोमा गायक तथा संगीतकार चक्रञ्जलकै मुख्य अभिनय छ।

उनी विदेश जानुअघि साथीहरुसँग भेटघाट र रमाईलो पललाई भिडियोमा कैद गरिएको छ। त्यस्तै, देशका दुरदराजमासमेत युवाको संख्या थोरै भएको भन्दै राजनीतिकर्मी एवम् सरोकारवाला निकाय भ्रष्टाचार र अनियमितताविरुद्ध सुध्रिनसमेत आवहान गरिएको छ।

ए.जे.अजुले छायांकन गरेको गीतकाे भिडियोको जोन राईले सम्पादन गरेका छन्। अलङ्कार स्टुडियोमा रेकर्ड गरिएको गीतमा  बाँसुरीमा रत्न वि.क., सञ्जिव बराईलीको गीतार र मदन रेग्मीले मादल बजाएका छन्।

चक्रञ्जलका यसअघि दर्जन बढी गीत सार्वजनिक भइसकेको छ। समिक्षा अधिकारीसँग चक्रञ्जलले गाएको ‘दुःखै सहुँला’ उनको लोकप्रिय गीत हो। यस्तै, मेलिना राईसँगको ‘पानी कुवाको’, प्रविशा अधिकारीसँगको ‘मल मल चोलीले’, अञ्जु पन्तसँगको ‘तिमी आयौ जिन्दगीमा’ चौतारी, लैजाउ साथैमा, सुनको गजुर, तिमी बनिा, ‘तिमी र म’ लगायत थुप्रै गीत दर्शकले रुचाएका छन्।

यसअघिका सिर्जनालाईजस्तै यस गीतलाई पनि दर्शकको साथ पाउनेमा गायक तथा संगीतकार चक्रञ्जल विश्वस्त छन्। वर्तमान देशको परिस्थितिसँग मिल्ने र धेरै युवाको साझा कथा भएकाले दर्शकले माया गर्ने उनको बुझाई छ।

प्रकाशित: ३० साउन २०८१ १८:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − six =