‘संविधान संशोधनको नाममा दुई दलीय व्यवस्था ल्याउन खोजिएको त होइन?’

हिमाल प्रेस ३० साउन २०८१ १४:५४
‘संविधान संशोधनको नाममा दुई दलीय व्यवस्था ल्याउन खोजिएको त होइन?’ पुष्पकमल दाहाल

काठमाडाैँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान संशोधन र स्थिरताका नाममा केही सीमित वर्ग, सीमित भुगोलको स्वार्थमा शासन व्यवस्था सञ्चालन गर्न नहुने बताएका छन्।

बुधबार प्रतिनिधिसभामा टीआरसी विधेयकमाथिको छलफलमा बोल्दै उनले अहिलेसम्मका प्राप्त उपलब्धिहरूलाई रक्षा गर्दै अगाडि बढ्नुपर्ने बताए।

प्रचण्डले संविधान संशोधनका नाउँमा उपलब्धिहरू अन्त्य हुने होइन भनेर शंका उब्जिएको जिकिर गरे। उनले भने,‘पछिल्ला राजनीतिक घटनाक्रमले यसमा शंका उत्पन्न भएको छ, सुशासनको गति रोकिने त होइन भन्ने प्रश्न खडा भएको छ। बहुदलीय व्यवस्थाको ठाउँमा कहिँ दुईदलीय बनाउने त होइन भन्ने प्रश्न खडा भएको छ।’

प्रधानमन्त्रीले भने झँे बहुदलीय नै होस् भन्ने आफूहरूको भनाइ रहेको प्रचण्डले बताए। उनले भने,‘हुन त प्रधानमन्त्रीले बहुदलीय नै हो भनेर भन्नु भएको छ। तर खोइ के देखि तर्सिएको छु, के देखि। उहाँले हो भनेपछि होइन, होइन भनेपछि हो भनेर बुझ्नुपर्छ। प्रधानमन्त्रीले भनेका सही सावित होस्, मेरो शुझकामना छ।’

प्रचण्डले माओवादी जनयुद्धलाई हिंसात्मक द्वन्द्व भनिनु उपयुक्त नभएको बताए। उनले भने,‘अहिले पनि नेताहरू बोल्दा हिंसात्मक द्वन्द्व भन्नु हुन्छ, माओवादी जनयुद्ध भन्दा जातैजाला जस्तो, जबकि संविधानको प्रस्तावनामा माओवादी जनयुद्ध भनेर लेखिएको छ।’

जनयुद्धको राजनीतिक इमानकै कारण शान्ति प्रक्रिया सफल भएको उनले दाबी गरे।

राजनीतिक स्थिति फेरिएको बताउँदै उनले राजनीतिप्रति जनताको निराशा बढ्दै गएको बताए। जनताको चाहनाअनुसार शासन गर्ने चुनौती अझै पनि कायम रहेको प्रचण्डले बताए।

अग्रगमनको साटो उल्टाउनेतिर त अगाडि बढिरहेका छैनौं भन्नेतर्फ सबै सचेत हुनुपर्ने उनले जिकिर गरे।

‘हामी अग्रगमनको साटो उपलब्धि उल्टाउनेतिर, सुशासनको साटो माफियाकरणतर्फ, समाजिक न्यायको साटो पीडकहरूलाई नै बढावा दिनेतिर अगाडि बढेका त छौनौँ भन्ने प्रश्न पनि यतिबेला यत्रतत्र उठ्न थालेको छ,’ प्रचण्डले भने।

प्रकाशित: ३० साउन २०८१ १४:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast