‘द्वन्द्वकालमा कुनै अपराध नगरेका मानिस मारिएका थिए, अब त्यस्तो नहोस्’

हिमाल प्रेस ३० साउन २०८१ १५:३५
12
SHARES
‘द्वन्द्वकालमा कुनै अपराध नगरेका मानिस मारिएका थिए, अब त्यस्तो नहोस्’

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले जनयुद्ध, विद्रोहजस्ता द्वन्द्व नदोहोरिने सुनिश्चितता गर्नुपर्ने बताएका छन्। बुधबारको प्रतिनिधिसभा बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकमाथिको छलफलमा उनले विद्रोही वा सरकार पक्षभन्दा बाहिरका पनि बढी पीडित भएको बताए।

कुनै अपराध नगरेको मानिस पनि मारिएको उनको भनाइ छ। ‘अब यस्तो घटना देशमा कहिल्यै नदोहोरिने सुनिश्चिता गर्नुपर्छ। कसैले पनि राज्यव्यवस्थासँग चित्त नबुझ्दा अब म बन्दुक उठाउँछु, मान्छे मार्छु भन्न नपरोस्। यही प्रणालीभित्र विकल्प खोज्ने सुनिश्चितता होस्,’ उनले भने।

भ्रष्टाचार र हिंसा ढिलो चाँडो दण्डित हुनुपर्छ भन्ने सुनिश्चितता हुनुपर्ने उनको भनाइ छ। उनले पीडितहरूको पक्षमा आवाज उठाइरहने बताए। राजाले राजगद्दी छाडेकाले शान्ति प्रक्रिया निष्कर्षमा पुगेको समेत उनको दाबी थियो। मौका पाउनेबित्तिकै बिर्सिएको भन्दै आपत्ति जनाए।

प्रकाशित: ३० साउन २०८१ १५:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 9 =