शान्ति प्रक्रिया सफलताका साथ निष्कर्षमा पुर्‍याउँछौँ : प्रधानमन्त्री ओली

हिमाल प्रेस २९ साउन २०८१ १९:२३
20
SHARES
शान्ति प्रक्रिया सफलताका साथ निष्कर्षमा पुर्‍याउँछौँ : प्रधानमन्त्री ओली केपी शर्मा ओली।

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको शान्तिप्रक्रियालाई सफलताका साथ निष्कर्षमा पुर्‍याउने बताएका छन्।

मंगलबार महान्यायाधिवक्ता कार्यालयमा आयोजित सरकारी वकिलहरूको छलफलमा प्रधानमन्त्री ओलीले संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा विभिन्न देशले चासो व्यक्त गरिरहेको भन्दै सफलताका साथ निष्कर्षमा पुर्‍याउने बताएका हुन्।

उनले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक सदनमा पेस भएको र यही अधिवेशनबाट पारित गर्ने जिकिर गरे। उक्त विधेयक पीडितमैत्री र पीडित केन्द्रित भएर बनाइएको उनको दाबी छ।

त्यस्तै प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत सामाजिक मूल्यमान्यता तोड्ने प्रयास भइरहेको बताएका छन्। उनले वर्तमान सरकारले देशविरोधी काम नगर्ने र विकासको कामलाई सकारात्मक ढंगले अघि बढाउने उल्लेख गरे। उनले अहिलेको सरकारले आलोचना गर्ने ठाउँ नदिने गरी काम गर्ने समेत बताए।

प्रकाशित: २९ साउन २०८१ १९:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − five =