जसपा नेपालका केन्द्रीय सदस्यलाई संघीय प्रणालीबारे प्रशिक्षण

हिमाल प्रेस २९ साउन २०८१ १९:०५
10
SHARES
जसपा नेपालका केन्द्रीय सदस्यलाई संघीय प्रणालीबारे प्रशिक्षण

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालको जारी केन्द्रीय समिति बैठकमा स‌ंघीय प्रणालीको अभ्यास र महत्त्वबारे नेताहरूलाई प्रशिक्षण दिइएको छ।

ललितपुरको सानागाउँस्थित थसी ब्याङ्क्वेटमा गत आइतबारदेखि सुरु भएको बैठकको तेस्रो दिन आज (मंगलबार) राष्ट्रियसभाका सांसद डा. खीमलाल देवकोटाले संघीय प्रणालीको अभ्यास, आवश्यकता, महत्त्व र यसको कार्यान्वयनको चरणलगायतका विषयमा केन्द्रीय सदस्यलाई प्रशिक्षण दिको जसपा नेपालले जनाएको छ।

बैठकमा अध्यक्ष उपेन्द्र यादवले बैठकमा प्रस्तुत गरेको राजनीति प्रतिवेदनमाथि छलफल सुरु भएको थियो। देशैभरिबाट सहभागी दुई सय १५ जना केन्द्रीय सदस्यको रायसुझावसहित सो प्रतिवेदनलाई पारित गर्ने कार्यसूची रहेको छ।

अध्यक्ष यादवले पार्टीको केन्द्रीय समिति बैठकमा ६१ बुँदे राजनीतिक प्रस्ताव पेस गरेका थिए। प्रस्तावमा संघीयता कार्यान्वयन, संविधान संशोधन, सामाजिक न्यायको हक, निर्वाचन क्षेत्र निर्धारणलगायत विषय उल्लेख छन्। साथै सङ्गठन निर्माण अभियान चलाउने प्रस्तावसमेत छ।

जनकपुरधाममा सम्पन्न एकताको प्रथम महाधिवेशनपछि नवगठित केन्द्रीय समितिको साउन २७ गतेदेखि सुरु भएको पहिलो बैठक बुधबार सम्पन्न हुनेछ। यसअघि सोमबार राजनीति विश्लेषक विजयकान्त लालकर्ण, सञ्चारकर्मी प्रनव खरेल, अभिवक्ता शंकर लिम्बू र अर्थविद् डा. उमाशंकर साहले परराष्ट्र मामिला, सामाजिक लोकतन्त्र, संघीयताको कानुनी पक्ष, संघीयताभित्रको आर्थिक लगायतका विषयमा केन्द्रीय सदस्यलाई प्रशिक्षण दिएका थिए।

प्रकाशित: २९ साउन २०८१ १९:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =