यस्ता छन् मन्त्रिपरिषद्‌का निर्णय

हिमाल प्रेस २९ साउन २०८१ १७:३८
40
SHARES
यस्ता छन् मन्त्रिपरिषद्‌का निर्णय सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ

काठमाडौँ- सरकारले नेपाल पारवहन तथा गोदाम कम्पनीको रिक्त महाप्रबन्धक पदमा प्रकाशप्रसाद पोखरेल (इलाम) लाई नियुक्त गरेको छ। मन्त्रिपरिषद्को साउन २८ गते बसेको बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका हुन्।

त्यस्तै बैठकले एसियाली विकास बैंकबाट सिँचाइसम्बन्धी परियोजनाका लागि उपलब्ध हुने अमेरिकी डलर ११० मिलियन (करिब १४ अर्ब ६३ करोड सहुलियतपूर्ण ऋण र १५ मिलियन अमेरिकी डलर (१ अर्ब ९९ करोड) अनुदान स्विकार्ने सम्बन्धमा नेपाल सरकारका तर्फबाट वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गरेको छ।

त्यसै गरी खाद्य व्यवस्था तथा व्यापार लिमिटेड कम्पनीको महाप्रबन्धक पदमा रमेश आचार्यलाई नियुक्त गर्ने निर्णय पनि बैठकले गरेको छ। बैठकले भुटानमा साउन २९ देखि ३२ सम्म हुने फोरम अफ दि इलेक्सन म्यानेजमेन्ट बडिज अफ साउथ एसियाको १२ सम्मेलनमा भाग लिन प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाको भ्रमण स्वीकृत गरेको छ।

भू-उपयोग ऐन २०७६ को दफा १४ को उपदफा १ को ञ बमोजिम संघीय भूपू योगको सदस्यमा डा रेवतीरमण पौडेल (चितवन), डा. यमुना घले (चितवन),रेश्मा श्रेष्ठ (काठमाडौँ)र जगतबहादुर देउजालाई मनोनयन गर्ने निर्णय पनि गरेको छ। त्यसै गरी सरकारका नाममा दर्ता रहेको सिराहाको नवराजपुर वडानम्बर ४ को १९ कट्ठा जग्गा इलाका प्रहरी कार्यालयलाई प्रयोग गर्न स्वीकृत गर्ने, नागरिक उड्डयन क्षेत्रको समग्र सुधारका तथा पोखरा र गौतमबुद्ध विमानस्थल सञ्चालनसम्बन्धी कार्यायोजना सरकारले स्वीकृत गरेको छ।

त्यसै गरी निजामती सेवाका राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिवहरू इन्दुविक्रम जोशी र कोमलप्रसाद धमलाले दिएको राजीनामा पनि सरकारले स्वीकृत गरेको छ।

प्रकाशित: २९ साउन २०८१ १७:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =