‘बंगलादेशमा हिन्दू र बौद्ध धर्मवलम्बीहरूमाथि भएको आक्रमणबारे सरकार मौन बस्न हुँदैन’

हिमाल प्रेस २९ साउन २०८१ १५:१९
8
SHARES
‘बंगलादेशमा हिन्दू र बौद्ध धर्मवलम्बीहरूमाथि भएको आक्रमणबारे सरकार मौन बस्न हुँदैन’ प्रतिनिधिसभा।

काठमाडौँ- बंलादेशमा अल्पसंख्यक हिन्दू र बौद्ध धर्मावलम्बीहरूमाथि भएको आक्रमणबारे सरकार मौन बस्नु नहुनेमा सांसदहरूले जोड दिएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले बंगलादेशका पछिल्ला घटनाक्रमबारे धारणा राख्दै सो बारेमा ध्यानाकर्षण गराएका हुन्। उनीहरूले सरकारले सो बारेमा आफ्नो धारणा बनाउनुपर्ने माग गरे।

नेपाली कांग्रेसका सांसद अर्जुनरसिंह केसीले अल्पसंख्यक हिन्दू र बौद्ध धर्मावलम्वीहरूमाथि भएको आक्रमणको विषय सरकार मौन बस्न नहुने बताए। उनले अल्पसंख्यक हिन्दू तथा बौद्ध धर्मावलम्वीहरूमाथि भएको क्रूर आक्रमणको निन्दा गर्दै सरकार मौन रहेकोमा दुःख व्यक्त गरे।

सांसद केसीलेले बंगलादेशमा भएको ‘कु’ को मूल कारण व्यापक भ्रष्टाचार र शासकको निरंकुशता, अहंकार, दम्भ र प्रतिशोध भएको पनि दाबी गरे। उनले भ्रष्टाचार सीमित समुदायमा स्रोत र साधनमाथिको एकाधीपतीय अन्यायपूर्ण वितरण प्रणालीले देशमा कसरी अनिश्चितता निम्त्याउँछ भन्ने बंगलादेशको घटनाले शिक्षा दिएको पनि बताए।

नेकपा एमाले सांसद किरणकुमार साहले पनि बंगलादेशमा हिन्दूहरूमाथि भएको हिंसाका विषयमा मौन बस्न नहुने बताए। उनले छिमेकी बंगलादेशमा हिन्दूहरूमाथि अतिवादीहरूबाट भइरहेको आक्रमण असह्य हुने बताउँदै यसबारे सरकारले बोल्नुपर्नेमा जोड दिए। उनले नेपाल सरकारले बंगलादेश सरकारलाई हिन्दूहरूमाथि भएको हिंसाका विषयमा कूटनीतिक माध्यमबाट ध्यानाकर्षण गर्नुपर्ने बताए।

प्रकाशित: २९ साउन २०८१ १५:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 2 =