शिक्षक पदस्थापनदेखि सरुवासम्मका मापदण्ड सँगालो जारी

हिमाल प्रेस २९ साउन २०८१ १५:०४
1.5k
SHARES
शिक्षक पदस्थापनदेखि सरुवासम्मका मापदण्ड सँगालो जारी

काठमाडाैँ- शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षासम्बन्धी निर्देशिका, कार्यविधि तथा मापदण्डहरूको सँगालो, २०८१ जारी गरेकाे छ।

२०४ पृष्ठकाे उक्त सँगालाेमा  शिक्षक सरुवासम्बन्धी निर्देशिका, २०८१,  विशेष कारणको अवस्थामा रहेका शिक्षकको व्यवस्थापन सम्बन्धी निर्देशिका, २०८०, विपद् पूर्वतयारी तथा प्रतिकार्यका लागि नेपाल शिक्षा समूह (गठन तथा सञ्चालन) निर्देशिका, २०८०, विद्यालय सुपरिवेक्षण तथा पेसागत सहायता निर्देशिका, २०८०, श्रव्य तथा श्रव्यदृश्य सामग्री उत्पादन निर्देशिका, २०७९ समेटिएका छन्।

त्यस्तै शिक्षक मेन्टरिङ कार्यान्वयन कार्यविधि, २०८०, शिक्षक पेसागत विकास प्रारूप, २०८०, विद्यालय भौतिक पूर्वाधार निर्माणसम्बन्धी मापदण्ड, २०८०, विपन्न लक्षित छात्रवृत्ति व्यवस्थापन मापदण्ड, २०८०, बालिका तथा समावेशी शिक्षा सञ्जाल (गठन तथा सञ्चालन) सम्बन्धी मापदण्ड, २०८०, परम्परागत शिक्षण संस्था (सञ्चालन तथा व्यवस्थापन) मापदण्ड, २०७९, शिक्षक पदस्थापनका आधार तथा मार्गदर्शन, २०८० पनि समाविष्ट छन्।

हेर्नुहाेस् सँगालाे

प्रकाशित: २९ साउन २०८१ १५:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 17 =