असोज २४ मा ‘ज्वाइँ साब’ र ‘छक्का पञ्जा ५’ भिड्दै

हिमाल प्रेस २९ साउन २०८१ १२:५०
40
SHARES
असोज २४ मा ‘ज्वाइँ साब’ र ‘छक्का पञ्जा ५’ भिड्दै

काठमाडौँ- जितु नेपाल र नीति शाह मुख्य भूमिकामा रहेको फिल्म ‘ज्वाइँ साब’ आगामी असोज २४ मा प्रदर्शन हुने भएको छ।निर्देशक बसन्त निरौलाको निर्देशनमा बनेको फिल्मको मंगलबार दुई पोस्टर सार्वजनिक गरिएको छ।

एक पोस्टरमा जितु र नीति बेहुलाबेहुलीको भेषमा छन्। अर्को पोस्टरमा डोलीमा बसेका जितुलाई बुद्दी तामाङ र हिमेश पन्तले बोकीरहेका छन् भने सामुन्यमा नीति उभिरहेकी छन्। कमेडी जनरामा बनेको सामाजिक र पारिवारिक कथा रहेको फिल्मका निर्देशक बसन्त निरौला हुन्। सविन अधिकारीको कथा रहेको फिल्ममा शंकर धितालको पटकथा तथा संवाद छ।

फिल्ममा अन्य कलाकार शिशिर वाङ्देल, प्रकाश घिमिरे, रमेश बुढाथोकी, निमा पाण्डे, शिवहरि बैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डे, इशान राउत (जिरे)लगायत कलाकारको अभिनय छ।

फिल्मका प्रस्तुतकर्ता राजकुमार पण्डित हुन्। श्याम तामाङले छायांकन गरेको फिल्मको निर्मातामा मिनादेवी खड्का, सौगात पण्डित र पदमलाल तामाङ छन्। फिल्म ओएसआर डिजिटल र मौसम फिल्मस्को सहकार्यमा निर्माण भएको हो।

फिल्मको पोस्टरसहितको प्रदर्शन मिति घोषणाले आगामी असोज २४ मा ‘ज्वाइँ साब’ र ‘छक्का पञ्जा ५’ भिड्ने पक्का भएकाे छ। यसअघि छक्कापञ्जा टिमले यही मितिमा फिल्म प्रदर्शन गर्ने घोषणा गरिसकेकाे छ।

फिल्मकी निर्देशक दीपाश्री निरौला हुन्। फिल्ममा दीपकराज गिरी, केदार घिमिरे ‘माग्ने बूढा’, वर्षा शिवाकोटी मुख्य भूमिकामा देखिनेछन्। अन्य कलाकारलाई भने प्रदर्शनको क्रममा जानकारी दिने निर्माण टिमको अठोट छ।

सामाजिक र कमेडी जनरामा बनेको फिल्म आमा सरस्वती मुभिज र आइएमईको प्रस्तुतिमा बन्नेछ।

प्रकाशित: २९ साउन २०८१ १२:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + six =