गुल्मीको जनसहयोगले ल्यायाे १२ कक्षामा उत्कृष्ट नतिजा

हिमाल प्रेस २९ साउन २०८१ ११:५१
416
SHARES
गुल्मीको जनसहयोगले ल्यायाे १२ कक्षामा उत्कृष्ट नतिजा

काठमाडौँ- गुल्मीको जनसहयोग माध्यमिक विद्यालयले प्लस टूतर्फ एक वर्षमै झन्डै शतप्रतिशत नतिजा ल्याउन सफल भएकाे छ।

२०२९ साल फागुन १ गते स्थापना भएको जनसहयोगले २०७९ बाट प्लस टू का कार्यक्रम सञ्चालन गरेको थियो। जनसहयोगमा व्यवस्थापन र शिक्षा संकायका कक्षाहरू सञ्चालन भइरहेका छन्।

राष्ट्रिय परीक्षा बोर्डले साउन १८ गते गत वैशाखमा सञ्चालन भएको कक्षा १२ काे परीक्षाको नतिजा सार्वजनिक गरेको थियाे। जसमा जनसहयोगले शिक्षा र व्यवस्थापनमा ८१ प्रतिशत नतिजा प्राप्त गरेकाे विद्यालयले जनाएको छ।

विद्यालयमा गरिब, निम्नआय भएका विद्यार्थी अध्ययनरत छन्। प्लस टूको नतिजाले गाउँमै गुणस्तरीय शिक्षा प्रदान गर्न सकिन्छ भन्ने उदाहरण जनसहयोग बनेको शिक्षकहरूकाे भनाइ छ।

शिक्षा संकायमा ९ जना विद्यार्थीहरूले ३.२ भन्दा बढी जीपीए ल्याएका छन् भने व्यवस्थापनमा २२ जनामध्ये १८ जना उत्तीर्ण भएका छन्। जनसहयोगमा कक्षा ८ सम्म अंग्रेजी माध्यम र ९ देखि १२ सम्म अंग्रेजी/नेपाली दुवै माध्यममा कक्षाहरू सञ्चालन भइरहेका छन्।

प्रकाशित: २९ साउन २०८१ ११:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast