दीपकराजले टिम नखुलाइ सार्वजनिक गरे ‘छक्का पञ्जा ५’को गीत

हिमाल प्रेस २९ साउन २०८१ ९:२५
12
SHARES
दीपकराजले टिम नखुलाइ सार्वजनिक गरे ‘छक्का पञ्जा ५’को गीत

काठमाडौँ- फिल्म ‘छक्का पञ्जा ५’को पहिलो गीत सार्वजनिक भएको छ। ‘बिहे भाको छैन्’ बोलको गीतमा सिनेमाका मुख्य दुई कलाकार दीपक राज गिरी र वर्षा सिवाकोटी फिचर्ड छन्।

सिनेमाको सोमबार युट्युबमा सार्वजनिक भएको गीतमा दीपक शर्माको संगीत, अभिनेता तथा निर्माता गिरी र संगीतकार शर्माको शब्द रचना रहेको गीतमा सवीन शर्मा र बेनिशा पौडेलको स्वर सुन्न सुकिन्छ।

रिकेश गुरुङले एरेञ्ज गरेको सिनेमाको सार्वजनिक गीतको भिडियोमा सुनिल क्षेत्रीको कोरियोग्राफी हेर्न सकिन्छ। सिनेमा दशैंको फूलपातीको अवसर पारेर असोज २४ गतेबाट नेपाल र विदेशमा एकसाथ प्रदर्शन हुँदैछ।

आमा सरस्वती मुभिज र आएमईको प्रस्तुतीमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता केदार घिमिरे (माग्ने बुढा) र निर्मल शर्मा हुन्। सिनेमामा दीपक, वर्षाका अलवा केदार घिमिरे (माग्ने बुढा)को पनि मुख्य भूमिका रहेको छ। सिनेमामा अन्य कलाकार को–को रहेका छन् भन्ने निर्माण टिमले नखुलाए पनि अभिनेता तेज गिरी र आर्यन सिग्देलको पनि ‘छक्का पञ्जा ५’मा अभिनयको खुलिसकेको छ।

अभिनेता निर्माता दीपकराज गिरीको पटकथा रहेको सिनेमाको कथा र संवाद दीपक, केदार र दीलिप तामाङले मिलेर लेखेका हुन्। हरि हुँमागाईको डिओपी, उत्तम हुँमागाईको छायांकन, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, कपिल पराजुलीको कलर रहेको सिनेमामा विपिन मल्लको सम्पादन छ।

प्रकाशित: २९ साउन २०८१ ९:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =