मोरङको करमडाँडामा हात्ती मृत फेला

हिमाल प्रेस २९ साउन २०८१ ९:०८
8
SHARES
मोरङको करमडाँडामा हात्ती मृत फेला

काठमाडौँ- मोरङमा एउटा हात्ती मृत भेटिएको छ। बेलबारी नगरपालिका वडा नम्बर-३ करमडाँडामा करिब ७/८ वर्षको पोथी हात्ती मृत भेटिएको प्रहरीले जनाएको छ।

हात्ती विद्युतीय झट्काबाट मारिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। झापा, मोरङ र सुनसरीमा यो वर्ष आधा दर्जन हात्ती मारिएका छन्।

अधिकांश हात्तीको मृत्युको कारण करेन्ट रहेको छ। केही हात्ती मार्न बन्दुकसमेत प्रयोग भएको पाइएको छ।

प्रकाशित: २९ साउन २०८१ ९:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + thirteen =