काठमाडौँ- एएफसी च्यालेञ्ज लिगको प्रारम्भिक चरणमा मंगलबार चर्च ब्वाइज युनाइटेड र भुटानको लिग च्याम्पियन पारो एफसीबीच प्रतिस्पर्धा हुनेछ। २०२१ मा सी, ०२२ मा बी र अघिल्लो वर्ष ए डिभिजन जितेर उपाधिमा ह्याट्रिक गरेको चर्च ब्वाइजले पहिलोपल्ट महादेशीय क्लब प्रतियोगिता खेल्न लागेको हो।
पारो भने दोस्रोपल्ट नेपाल आएको हो। अघिल्लो वर्ष पारो पहिलो राउन्डमा मच्छिन्द्र फुटबल क्लबलसँग ३-२ गोल अन्तरले पराजित भएको थियो। सिंगल लेग नकआउट फर्म्याटमा हुने खेलको विजेता प्रतियोगिताको समूह चरणका लागि छनोट हुनेछ। समूह चरणका खेलहरू अक्टोबर २६ र नोभेम्बर २ मा ‘होम एन्ड अवे’ का आधारमा हुनेछन्।
प्रतियोगितामा छनोट भए चर्च ब्वाइजले न्युनतम एक लाख अमेरिकी डलर प्राप्त गर्नेछ। त्यसैले समूह चरणमा प्रवेश गर्न दुवै टोली नतिजा आफ्नो पक्षमा ल्याउने योजनामा छन्। खेल साँझ ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ। चर्च ब्वाइजका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले च्यालेञ्ज लिग खेल्नका लागि आफ्नो टोली तयार रहेको बताएका छन्।
गत वर्ष पनि पारो एफसी कप छनोट खेल खेल्न नेपाल आएको थियो । त्यतिबेला पारो मछिन्द्र क्लबसँग पराजित भएको थियो। जापानका स्टार फुटबल खेलाडी केइसुके होण्डाले आज नेपालविरुद्ध खेल्ने भएकाले खेल निकै रोमाञ्चक बन्ने अपेक्षा गरिएको छ।