ललितपुरमा खोलाले बगाएर एक जनाको मृत्यु

हिमाल प्रेस २८ साउन २०८१ १९:४३
64
SHARES
ललितपुरमा खोलाले बगाएर एक जनाको मृत्यु प्रतीकात्मक तस्बिर।

काठमाडौँ- ललितपुरको कोन्जोसोम गाउँपालिका-३, सिलिङगेवेसीमा ठोस्ने खोलाले बगाएर आज एकको मृत्यु भएको छ।

मृत्यु हुनेमा सोही गाउँपालिका-१ दलचोकी बस्ने काभ्रेको पनौती घर भएकी प्रमिला भण्डारीकी छोरी साढे दुई वर्षीया प्रिन्सिका भण्डारी रहेको प्रहरी प्रधान कार्यालय नक्सालले जानकारी दिएको छ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले खोलाले बगाएर आइतबारदेखि हराइरहेकी उनको खोजी गर्ने क्रममा रूखको हाँगामा अड्किएको अवस्थामा शव फेला परेको जानकारी दिए।

काठमाडौँ महानगरपालिका-६, बौद्ध चुच्चेपाटी ढुंगेधारा डेरा गरी बस्ने बैतडी दशरथ चन्द नगरपालिका-४ घर भएका २४ वर्षीय नवीनसिंह बोहरा आफ्नै कोठामा मृत फेला परेका पनि प्रहरीले आज जानकारी दिएको छ।

आइतबार मृत भेटिएका उनको विषयमा आवश्यक अनुसन्धान थालिएको पनि कार्कीले बताए।

प्रकाशित: २८ साउन २०८१ १९:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =