पाँच लाख सदस्य थप्न जसपा नेपालले अभियान चलाउने

हिमाल प्रेस २८ साउन २०८१ १८:२४
8
SHARES
पाँच लाख सदस्य थप्न जसपा नेपालले अभियान चलाउने तस्बिर : उपेन्द्र यादव सचिवालय

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालले नयाँ क्रियाशील सदस्य थप्ने लक्ष्यसहित आधारभूत संगठन निर्माण अभियान सुरू गर्ने भएको छ।

ललितपुरमा आइतबारदेखि सुरू भएको जसपा नेपालको केन्द्रीय समिति बैठकले संगठन निर्माण अभियान सुरू गर्ने निर्णय गरेको हो। अभियानअन्तर्गत पाँच लाख नयाँ संगठित क्रियाशील सदस्य थप्ने लक्ष्य लिइएको जसपा नेपालले जनाएको छ।

केन्द्रीय र प्रदेश सत्ताबाट बाहिरिएको जसपा नेपाल संगठन निर्माणतर्फ केन्द्रित हुन लागेको हो।

संगठन निर्माण अभियानका लागि जसपा नेपालले आफ्नो केन्द्रीय नेतृत्वलाई एक दिवसीय प्रशिक्षणसमेत दिएको छ। केन्द्रीय समिति बैठकको दोस्रो दिन जसपा नेपालले २१५ जना केन्द्रीय सदस्यलाई संगठन निर्माण अभियानबारे प्रशिक्षण दिएको हो।

केन्द्रीय सदस्यहरूलाई प्रशिक्षण दिँदै जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले आगामी चार महिनासम्म संगठन निर्माण, विस्तार, शुद्धीकरण र सुदृढीकरण अभियानमा होमिन निर्देशन दिए।

‘जनतासँग जसपा नेपाल, आधारभूत संगठन निर्माण’ दिइएको यो अभियानलाई व्यवस्थित, प्रभावकारी र परिणामुखी बनाउन सक्रिय भएर लाग्न अध्यक्ष यादवले केन्द्रीय सदस्यहरूलाई निर्देशन दिएका हुन्।

यादवले पार्टी फुटाएर गएका लोभी, स्वार्थी र अवसरवादीहरूले छरेको भ्रमणलाई चिर्न र पार्टीलाई क्षति पुर्‍याउनेहरूको भण्डाफोर गर्ने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको बताए।

अभियानअन्तर्गत टोल, बुथ, गाउँ, नगर,पालिका, प्रदेश, संघीय निर्वाचनलगायतका स्थानमा नयाँ सदस्यता वितरण गर्ने लक्ष्य जसपा नेपालले लिएको छ।

प्रकाशित: २८ साउन २०८१ १८:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =