टीआरसी विधेयक मंगलबारको प्रतिनिधिसभा बैठकमा प्रस्तुत गर्ने कार्यसूची

हिमाल प्रेस २८ साउन २०८१ १७:३६
12
SHARES
टीआरसी विधेयक मंगलबारको प्रतिनिधिसभा बैठकमा प्रस्तुत गर्ने कार्यसूची

काठमाडौँ- शान्ति प्रक्रियाको बाँकी काम सम्पन्न गर्नेगरी तयार भएको संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक दफाबार छलफलपश्चात् प्रतिनिधिसभा बैठकमा प्रस्तुत गरिने भएको छ। विधेयक मंगलबारको प्रतिनिधिसभा बैठकमा प्रस्तुत हुनेछ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१ कानुन, न्याय तथा मानवअधिकार समितिमा दफाबार छलफल भएको थियो। लामो समयको रस्साकस्सीपश्चात् साउन २४ गते बिहीबार समितिबाट प्रतिवेदनसहित पास भएको थियो।

सोही विधेयकलाई मंगलबार बस्ने प्रतिनिधिसभा बैठकमा प्रस्तुत गर्ने सम्भावित कार्यतालिका संसद् सचिवालयले सार्वजनिक गरेको छ। १० वर्षे माओवादी युद्ध र त्यसपश्चात् भएको शान्ति सम्झौताको मर्मअनुसार शान्ति प्रक्रियाको कामलाई फत्ते गर्न यो विधेयक ल्याइएको हो।

प्रकाशित: २८ साउन २०८१ १७:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + eight =