भक्तपुरको गाईजात्रा प्रदक्षिणा मार्गका तार व्यवस्थित गरिने

हिमाल प्रेस २८ साउन २०८१ १६:१५
26
SHARES
भक्तपुरको गाईजात्रा प्रदक्षिणा मार्गका तार व्यवस्थित गरिने भक्तपुर नगरपालिकामा २०८१ सालको प्रसिद्ध गाईजात्रा (सापारु) पर्व व्यवस्थित र मर्यादित रुपमा सम्पन्न गर्न सोमबार बसेको सरोकारवालाको बैठक।

भक्तपुर- भक्तपुर नगरपालिकाभित्र गाईजात्रा प्रदक्षिणामार्गमा रहेका विद्युत्, टेलिफोन, इन्टरनेट र केबुल नेटवर्कका तारहरू व्यवस्थित गरिने भएको छ। नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा २०८१ सालको प्रसिद्ध गाईजात्रा (सापारु) पर्व व्यवस्थित र मर्यादित रूपमा सम्पन्न गर्न सोमबार बसेको सरोकारवालाको बैठकले उक्त निर्णय गरेको हो।

बैठकमा बोल्दै नगर प्रमुख प्रजापतिले भक्तपुर नपाले सापारुका उपलक्ष्यमा यस वर्ष पनि परम्परागत र आधुनिक सांस्कृतिक विधाहरुको संरक्षण र संवर्धन गर्न सांस्कृतिक प्रस्तुतिहरुको मूल्यांकन गरी पुरस्कृत गर्ने निर्णय गरेको जानकारी दिए।

गाईजात्रा प्रदक्षिणा मार्ग र महत्वपूर्ण स्थानहरूमा टेलिफोन, बिजुली बत्ती र इन्टरनेटका तार भदौ १ गतेभित्र सबैले आआफ्नो व्यवस्थापन गर्नुपर्नेछ। तोकिएको समयभित्र तार नहटाएमा नगरपालिका स्वयम्ले हटाउने निर्णय गरेको प्रजापतिले बताए।

बैठकले भक्तपुर नगरमा अस्तव्यस्त राखिएका तारहरूको व्यवस्थापनमा आवश्यक समन्वय तथा अनुगमन कार्य गर्न भक्तपुर नपा वडा नं. ४ का वडाध्यक्ष उपेन्द्र सुवालको संयोजकत्वमा जनप्रतिनिधि, भैरवनाथ जात्रा व्यवस्थापन समिति, नेपाल विद्युत् प्राधिकरण, नेपाल टेलिकम, जिल्ला प्रशासन कार्यालय, नगर प्रहरी, केबल नेटवर्क तथा वडा निरीक्षकसहितको समिति गठन गर्ने निर्णय गरेको छ।

प्रकाशित: २८ साउन २०८१ १६:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 9 =