सेयर बजारमा एकै दिन २७ अर्ब २४ करोडको कारोबार

हिमाल प्रेस २८ साउन २०८१ १५:३३
14
SHARES
सेयर बजारमा एकै दिन २७ अर्ब २४ करोडको कारोबार सेयर बजार

काठमाडौँ- सेयर बजारमा उच्च परिमाणको कारोबारको रेकर्ड ब्रेक भएको छ। आइतबार ४० अंकले सूचक बढेको बजारमा २५ अर्ब ९३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो। उक्त रेकर्ड २४ घण्टा नबित्दै ब्रेक हुन पुगेको हो।

सोमबार हालसम्मकै उच्च २७ अर्ब २४ करोड २० लाख रुपैयाँ बराबरको ६ करोड ४८ लाख ७६ हजार कित्ता सेयर दोस्रो बजारमा कारोबार भएको छ।

उच्च कारोबार हुने गरी सेयर बजारमा आएको उल्लासमय दिनमा नेप्से सूचक समेत ७०.८१ अंकले बढ्दै २९ सय ३१.६५ विन्दुमा उक्लिएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ। यो कोभिड–१९ पछिकै उच्च विन्दु हो।

सोमबार १७१ कम्पनीको सेयर मूल्य बढ्दा जम्मा ६८ कम्पनीको मात्र मूल्य घटेको छ। सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्सको १ अर्ब २२ करोड ८० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने शिभम् सिमेन्टको ९२ करोड २८ लाख ८६ हजार रुपैयाँ बराबरको सेयर दोस्रो बजारमा कारोबार भएको छ।

सोमबार सूर्यज्योति लाइफ इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, रसुवागढी हाइड्रोपावर कम्पनी, स्वीट गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनसहित दर्जन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्न पुगेको छ भने दुई दर्जनमाथि कम्पनीहरूको सेयर मूल्य ६ प्रतिशत माथिले बढेको छ।

इन्भेष्टमेन्ट र म्यानु एण्ड प्रो दुईवटा उपसूचक बाहेक सोमबार बाँकी ११ वटा उपसूचक धनात्मक भएका छन्।

प्रकाशित: २८ साउन २०८१ १५:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + fourteen =