नेपाल र भियतनामबीच पर्यटक आदनप्रदान गर्न चार्टर उडान

हिमाल प्रेस २८ साउन २०८१ १५:१७
10
SHARES
नेपाल र भियतनामबीच पर्यटक आदनप्रदान गर्न चार्टर उडान

काठमाडौँ- काठमाडौँको हात्तीसारमा कार्यालय रहेको हामी रुप्से होलिडेज परिवार नेपाल र भियतनामबीच पर्यटक आदनप्रदान गर्न थप दुईवटा चार्टर्ड उडान हुने भएको छ। नेपाल र भियतनामबीच पर्यटक आदनप्रदान गर्न यसअघि पनि कैयौँपटक सफलतापूर्वक चार्टर्ड उडान पूरा गरिसकेको प्रबन्धनिर्देशक रमेश पराजुलीले जानकारी दिए।

‘हामी दशैँलगत्तै अब थप दुई चार्टर्ड उडान गरी नेपाल र भियतनामलाई जोड्दै छौँ’, उनले भने, ‘आगामी दशैंको टीकालगत्तै असोज ३० गते अर्थात् अक्टोबर १६ बाट ५ दिनका लागि नेपालबाट भियतनाम र भियतनामबाट नेपाल पर्यटक आदनप्रदान गर्न चार्टर्ड उडान गर्न लागिएको हो।’

भियतनामबाट नेपाल आउने भियतनामी पर्यटकलाई भक्तपुर, नगरकोट, काठमाडौँ दरबार स्क्वायर, पाटन दरवार स्क्वायर, स्वयम्भु र बौद्धनाथको दर्शन गराउने गरी कार्यक्रम तयार भएको छ।

त्यसैगरी नेपालबाट भियतनाम घुम्न जाने पर्यटकका लागि पाँच दिनको टुर प्याकेज तयार पारिएको छ। भियतनामको राजधानी हानोई आसपासका पर्यटकीय गन्तब्यमा नेपाली पर्यटकलाई घुमाइने गरी तयारी भएको उनले बताए।

नेपाल र भियतनामबीच सिधा उडान नहुने भएकाले चार्टर्ड उडानमार्फत भ्रमण गराउन लागिएको हो। अन्य देश भएर भियतनाम जानुपर्दा धेरै खर्च हुने भएकाले चार्टर उडान गर्न लागिएको र दुबै देशबाट पर्यटक आउने र जाने भएकाले उडानको खर्च कम हुँदा टुर प्याकेज पनि सस्तो कायम गरिएको छ।

‘हामीले भियतनाम भ्रमणका लागि सबै शुल्क जोडेर १ लाख ९ हजार ९९९ रुपैयाँको प्याकेज सार्वजनिक गरेका छौँ’, पराजुलीले भने, ‘उक्त मूल्यमा भियतनामको दुईतर्फी हवाई टिकट, भिसा लेटर, एयरपोर्टबाट पिकअप तथा ड्रप, ब्रेकफास्टसहित होटेलको कोठा, स्थानीय टुरका लागि हुने खर्च, गाइड तथा यातायातको खर्च समावेश गरिएको छ।’

भियतनाम टुरका क्रममा नेपाली पर्यटकलाई भियतनामको राजधानी हानोई आसपासका विभिन्न पर्यटकीय गन्तव्यहरुमा घुमाइनेछ। पहिलो दिन हानोई पुगेर यहाँ थ्री स्टार होटलमा राखिनेछ भने दोस्रो दिन उत्कृष्ठ पर्यटकीय गन्तव्य निन बिन टापुमा भ्रमण गराइनेछ।

भ्रमणको तेस्रो दिन अर्को उत्कृष्ट गन्तव्य हा लोङ बेमा क्रुज सफारी हुनेछ। भ्रमणको चौथो दिन ट्रेन स्ट्रिट भिजिट र हानोईको सिटी टुर गराई पाँचौ दिन नेपाल फर्काइनेछ। कुल १ लाख ९ हजार ९९९ रुपैयाँको टुर प्याकेज भए पनि एकैपटक सबै रकम तिर्न नसक्ने पर्यटकका लागि मासिक ५ हजारको किस्ताबन्दीमा पनि घुम्न पाइने कम्पनीको भनाइ छ। ‘१२ महिना, १८ महिना वा २४ महिनाको मासिक किस्ताबन्दीमा रकम तिर्न सक्ने व्यवस्था हामीले मिलाएको छौँ’, कम्पनीले भनेको छ।

प्रकाशित: २८ साउन २०८१ १५:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =