गृहमन्त्री लेखकसँग अस्ट्रेलियन राजदूतको बिदाइ भेट

हिमाल प्रेस २८ साउन २०८१ १५:०३
16
SHARES
गृहमन्त्री लेखकसँग अस्ट्रेलियन राजदूतको बिदाइ भेट

काठमाडौँ- नेपालका लागि अष्ट्रेलियन राजदूत फेलिसिटी भोल्कले गृहमन्त्री रमेश लेखकसँग बिदाइ भेटवार्ता गरेकी छन्। सोमबार दिउँसो गृह मन्त्रालयमा नेपालका लागि अस्ट्रेलियनको राजदूतका रूपमा साढे तीन वर्षे कार्यकाल पूरा गरी स्वदेश फर्किन लागेकी राजदूत भोल्कले गृहमन्त्री लेखकसँग विदाइ भेट गरेकी हुन्।

गृहमन्त्री लेखकले दुई देशबिच भएको व्यापार र लगानी सम्झौताका साथै विभिन्न माध्यामबाट अस्ट्रेलियन सरकारले गरेको आर्थिक सहायताका लागि धन्यवाद दिए।

राजदूत भोल्कले नेपालमा रहँदा आफूले देशका धेरै ठाउँ पुगेको र यहाँको संस्कृति, जनजीवन नजिकबाट नियाल्ने अवसर पाएको बताइन्। साथै उनले मानवीय सहायताका साथै विकास सहायताका रूपमा पनि अस्ट्रेलिया सधैँ नेपालको साथमा रहने पनि बताइन्।

लामो समयदेखि टुङ्गोमा पुग्न नसकेको सङ्क्रमणकालीन न्यायको विषयमा राजनीतिक दलहरूबिच सहमति भएकामा उनले खुसी व्यक्त गरिन्। गृहमन्त्री लेखकले संक्रमणकालीन न्यायसम्बन्धि विधेयक भोलि संसद्मा पेस हुने भन्दै सबैको सहमति रहेको बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =