काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ। मंगलबार बिहान १०:३० बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने गरी बैठक आह्वान भएको रास्वपाका कार्यवहाक प्रवक्ता मनीष झाले जानकारी दिए।
बैठकमा कानुन, न्याय तथा मानव अधिकार समितिबाट सर्वसम्मतिले सदनमा पठाइएको संक्रमणकालीन न्याय सम्बन्धी विधेयकबारे पनि दलको बैठकमा छलफल हुने उनले बताए।
भोलिको बैठकमा प्रतिनिधिसभाको बैठक तथा संसदीय समितिहरूमा छलफल भइरहेका विधेयकाबारे छलफल हुने झाले बताए। बैठकमा प्रस्तावित जलनसम्बन्धी गैरसरकारी विधेयकबारे पनि छलफल हुने उनको भनाइ छ। यीबाहेक समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने उनले बताए।
प्रकाशित: २८ साउन २०८१ १३:५२
प्रतिक्रिया