लिग-२ को अभ्यासका लागि भारत लाग्यो नेपाली क्रिकेट टोली

हिमाल प्रेस २८ साउन २०८१ १०:४०
22
SHARES
लिग-२ को अभ्यासका लागि भारत लाग्यो नेपाली क्रिकेट टोली

काठमाडौँ- नेपाली क्रिकेट टिम अभ्यास खेलका लागि भारत प्रस्थान गरेको छ। एकदिवसीय विश्वकप क्रिकेटको छनोट रहेको लिग–२ अन्तर्गत सेप्टेम्बरमा हुने त्रिकोणात्मक शृंखलाको अन्तिम तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली भारत प्रस्थान गरेको हो।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार टोली सोमबार त्यसतर्फ प्रस्थान गरेको हो। टोलीले बैंगलोरको राष्ट्रिय क्रिकेट एकेडेमी (एनसीए)मा दुई साता प्रशिक्षण गर्ने क्यानले जनाएको छ। नेपालले सेप्टेम्बरमा क्यानडामा ओमान र घरेलु टोलीबीच त्रिकोणात्मक शृंखला खेल्ने छ। नेपालको लिग–२ मा यो दोस्रो शृंखला हो।

गत साता क्यानले २२ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको थियो। सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र रोहित पौडेलबाहेकाका खेलाडी भारत प्रस्थान गरेका छन्। उनीहरू क्यानडामा सोमबार सम्पन्न ग्लोबल टी-२० लिग रहेकादे अहिले भारत गएका छैनन्। क्यानका अनुसार केही दिनमै उनीहरू प्रशिक्षणका लागि भारत पुग्नेछन्।

बन्द प्रशिक्षणका लागि बोलाइएका खेलाडी

रोहित कुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल शाह, देव खनाल, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुलसन झा, कमलसिंह ऐरी, रिजन ढकाल,सन्दीप लामिछाने, ललित राजवंशी, सुर्य तामाङ, बसिर अहमद, आकाश चन्द, सागर ढकाल, सन्दीप जोरा

प्रकाशित: २८ साउन २०८१ १०:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 7 =