लिग टू शृंखला :क्यानडामाथि नेदरल्यान्ड्सको जित

हिमाल प्रेस २८ साउन २०८१ ७:०२
8
SHARES
लिग टू शृंखला :क्यानडामाथि नेदरल्यान्ड्सको जित

काठमाडौँ- नेदरल्यान्ड्सले विश्वकप लिग टू शृंखला अन्तर्गतको खेलमा क्यानडामाथि जित हात पारेको छ। आईसीसी क्रिकेट विश्वकप लिग टू शृंखला अन्तर्गत नेदरल्यान्ड्समा अमेरिका, क्यानडा र घरेलु टोलीबीचको त्रिकोणात्मक शृंखला आइतबार सुरु भएको हो।

नेदरल्यान्ड्सको स्पोर्टस पार्क डुइवेस्टिन, वूरबर्गमा भएको खेलमा घरेलु टोलीले ५ विकेटको जित हात पारेको हो। क्यानडाले दिएको १९५ रनको लक्ष्य घरेलु टोलीले ४५.३ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो।

नेदरल्यान्ड्सका लागि म्याक्स ओ डाउडले अविजित रहँदै सर्वाधिक ७९ रन जोडे। उनले १ सय १९ बलमा ८ चौका प्रहार गरे। माइकल लेभिटले ५० बलमा ४५ रन जोड्दा विक्रमजित सिंहले ५० बलमा २९ रन बनाए। शरिज अहमद ८ रनमा अविजित रहे। क्यानडाका साद विन जाफरले ३ तथा जेरेमी गोर्डन र डिलोन हेलिङ्गरले समान १ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले ४८.४ ओभरमा अल आउट हुँदै १ सय ९४ रन बनाएको थियो। क्यानडाका लागि विकेटकिपर श्रेयस मोभ्भाले सर्वाधिक ६५ रन जोडेका थिए। उनले ९० बलमा ६ चौका प्रहार गरेका थिए। हर्ष ठाकरले ३५, साद विन जाफरले २२, दिलप्रित बाज्वाले २५ रन जोडेका थिए।

नेदरल्यान्ड्सका लागि काइल क्लेनले ४, पल भान मेकरमले ३ तथा भिभियन किंग्मा, आर्यन दत्त र माईकल लेभिटले समान १ विकेट लिए। जितसँगै ८ टोली सहभागी लिग टु को अंक तालिकामा नेदरल्यान्ड्स ६ अंकका साथ चौथो स्थानमा कायमै छ। पराजित क्यानडा ८ अंकका साथ दोस्रो स्थानमा छ। स्कटल्यान्ड ९ अंकका साथ शीर्ष स्थानमा रहेको छ।

अंकतालिकामा २ अंकका साथ नेपाल छैटौं स्थानमा छ। लिग टुको शीर्ष चार टोलीले सन् २०२७ हुने ओडिआई विश्वकप छनोटमा स्थान बनाउने छन्।

प्रकाशित: २८ साउन २०८१ ७:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast