युवा पलायन रोक्न भनेजस्तो सलिजो छैन : श्रम मन्त्री भण्डारी

हिमाल प्रेस २७ साउन २०८१ १६:०४
18
SHARES
युवा पलायन रोक्न भनेजस्तो सलिजो छैन : श्रम मन्त्री भण्डारी

काठमाडौँ- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारीमा जाने युवा रोक्न भनेजस्तो सजिलो नभएको बताएका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम आप्रवासन नीतिसम्बन्धी गरेको प्रतिवेदन सार्वजनिक गर्दै उनले वैदेशिक रोजगारीको विकल्प तयार गरेर मात्र युवा पलायन रोक्न सकिने बताए। ‘सरकारले देशभित्र रोजगारी सिर्जना गर्ने प्रयास र योजना ल्याएपनि युवा तत्काल रोकिदैन्। त्यही भएर वैदेशिक रोजगारीलाई श्रम आप्रवासन नीतिअनुसार व्यवस्थित गर्दै लैजानुपर्छ’ उनले भने।

नेपाली युवाले वैदेशिक रोजगारीका क्रममा पाएका दुख, समस्याको मध्येनजर गदै उनीहरूलाई सीप सिकाएर मात्र वैदेशिक रोजगारीमा पठाउन सरकार गम्भीर भएको उनको भनाइ छ। सरकारले युवा पलायनका बारेमा योजना बनाएपनि तत्काल सफल नहुने उनको दाबी छ। सरकारलाई सीप सिकाएर मात्र कामदार वैदेशिक रोजगारीमा पठाउने श्रम आप्रवासन नीतिले सुझाव दिएको छ।

सरकारले वैदेशिक रोजगारीलाई सुरक्षित, मयार्दित र व्यवस्थित बनाउन प्रयास गरेपनि सफल नभएको श्रम आप्रवासन नीतिका अनुसन्धानकर्ता तथा रोजगारविज्ञ डा. गणेश गुरुङले बताएका छन्। उनका अनुसार वैदेशिक रोजगारी क्षेत्रमा समस्या चौतर्फी छन्। त्यही भएर श्रम आप्रवासन नीतिले ती समस्या समाधानका लागि सरकारलाई सुझाव दिएको छ।

वैदेशिक रोजगारी क्षेत्रका समस्या श्रम स्वीकृतिसँग मात्र जोडिएका छैन। नेपालभित्र र भारत रोजगारीमा जाने कामदारका हकमा पनि समस्या छ। उनीहरूको समस्यामा सरकारको खासै ध्यान नदिएको उनले बताए। उनले भने, ‘भारत रोजगारीमा जाने कामदारलाई पनि आप्रवासनसँग जोडनुपर्छ। त्यहाँ कार्यरत कामदारका पनि समस्या धेरै छन्। तर सरकारले वेवास्ता गर्दा ओझेलमा परेका छन्।’

सरकारले नेपाल भित्रिने विदेशी कामदारका हकमा दोहोरो श्रम नीति बनाउनुपर्ने, श्रम सम्झौताअनुसार मयार्दित श्रम कानुन, मानव अधिकार, सामाजिक सुरक्षा र अन्य सुविधा कार्यन्वयनका लागि रोजगारदाता देशसँग पहल गर्नुपर्ने उनको भनाइ छ।

श्रम आप्रवासन नीतिले वैदेशिक रोजगारीमा कार्यरत कामदारलाई मतदाना प्रक्रियामा सहभागि गराउन, रोजगारी अधिकारअनुसार सेवा सुविधा, कामदार माथि भइरहेको ठगी नियन्त्रण गर्न, महिला घरेलु कामदारका समस्या समाधान गर्न र सरकारले वैदेशिक रोजगारीमा जाने कामदारलाई पारदार्शी अभिमुखीकरण तालिम दिने समेत नीतिमा सुझाव दिएको छ।

प्रकाशित: २७ साउन २०८१ १६:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 10 =